आइतबार, मंसिर २८, २०८२

सुमनको 'यस्तो एउटा संसार' मा ध्रुव र रोजिना

 |  बुधबार, चैत १५, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- गायक गंगाराज राई र गायिका सुनिता थेगिमको स्वर रहेको ‘यस्तो एउटा संसार’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। गायक गंगाराजकै संगीत रहेको सार्वजनिक गीतका शब्द जानु काम्बाङ लिम्बुका हुन्।

National life

भिडियोमा अभिनेता ध्रुव दत्त र मोडल रोजिना ढकालको अभिनय रहेको छ। एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीले भरिएको ‘यस्तो एउटा संसार’ मा ध्रुवसँग अभिनय गर्दा रोजिना गज्जबले खुलेकी छिन्।

डेढ दशकदेखि लन्डनमा बसेर म्यूजिक भिडियो निर्देशनसँगै सञ्चार कर्ममा पनि व्यस्त रहेका निर्देशक कुशल श्रेष्ठको निर्देशनमा तयार भएको भिडियोको निर्माण लन्डनको स्थानीय राजनीतिमा पाइला चाल्दै गरेकी सुमन पुनले गरेकी हुन्।

म्‍युजिक भिडियोको छायांकन र सम्पादन निर्देशक श्रेष्ठले नै गरेका हुन्। दीपिका श्रेष्ठको  कोरियोग्राफी र मेकअप रहेको गीतमा उदयराज पौडेलको एरेन्ज तथा किशोर थापाको मिक्सिङ छ ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 29, 2023| 18:03 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्