आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

शुभेच्छाको दोस्रो फिल्म 'प्रेमा'१७ चैतदेखि

 |  बुधबार, चैत १५, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत १५, २०७९

काठमाडौं- अभिनेत्री शुभेच्क्षा खड्का दर्शकमाझ आगामी चैत १७ गतेबाट दोस्रो फिल्म ‘प्रेमा’ लिएर दर्शकमाझ आउँदैछिन्।

triton college

निर्देशक गोविन्दसिंह भण्डारीको फिल्म ‘रणवीर’बाट अभिनयमा ‘डेब्यू’ गरेकी शुभेच्क्षा उनै गोविन्दको निर्देशकीय फिल्म ‘प्रेमा’मा शीर्ष चरित्रमा देखिँदैछिन्।

शुभेच्क्षाको बुझाइमा ‘प्रेमा’ चरित्र शान्त र सरल छिन्। ‘प्रेमा चरित्र हरेक महिलासँग मेल खान्छ। फिल्म हेरिरहँदा सबै महिलाले आफूमा प्रेमाको रुप पाउँछन्। प्रेमा मिठो खालको कथा हो। फिल्म कलरफूल र साधारण बनेको छ’, शुभेच्क्षा भन्छिन्। फिल्म ‘प्रेमा’ उनकै भनाईमा दर्शकका लागि ‘सरप्राइज प्रेमकथा’ हो।

‘ट्रेलर रिलिज भएपछि आम मानिसमा फिल्म प्रतिको जुन चासो छ, त्यो चासो नै फिल्मको ‘सरप्राइजिङ’ कुरा हो। जुन कुरा कसैले सोचेको छैन’, उनी भन्छिन्, ‘त्यो सरप्राइजिङ फ्याक्टर देखेपछि दर्शकले कसरी रियाक्ट गर्नुहुन्छ भन्ने कुरामा उत्साहित छु।’

वास्तविक जीवनमा शुभेच्क्षा सहरीया संस्कृतिमा हुर्किएकी हुन्। बोलिरहन मनपराउने उनी आफूलाई ‘लाउड पर्सन’ मान्छिन्। तर प्रेमा चरित्र उनीभन्दा फरक छ। ‘प्रेमा अलिक लजालु छे। यो फिल्ममा मलाई काम गर्न केही समय लाग्यो। किनकी पहिला त प्रेमाजस्ती देखिनका लागि लुक्समै फिट गराउन समय लाग्यो। एक दुई दिन त म राम्री देखिएँ या देखिइन भन्नेमा अन्योल थियो’, शुभेच्क्षा भन्छिन्।

Metro Mart
vianet

निर्देशक गोविन्द वास्तविक जीवनकी एक महिलाबाट प्रभावित भएर फिल्मको कथा तयार पारेको बताउँछन्। ‘वास्तविक प्रेमाको चरित्रलाई लिएर फिल्म बनाउन मन थियो। त्यो चरित्रलाई यसमा पुरा गरेको छु। यो फिल्ममा दर्शकले नयाँ शैलीको प्रेमकथा पाउनुहुनेछ’, गोविन्द भन्छन्, ‘प्रेमा साउथ फिल्ममा धेरै प्रयोग हुने शब्द हो। हामी नेपालमा ‘माया’ भनेजस्तै साउथमा प्रेमा बढी प्रयोग हुन्छ। प्रेमा चरित्र सकारात्मक छ र उसको काम गर्ने शैली पनि राम्रो छ।’ यो फिल्म तामिल, तेलुगु र हिन्दी भर्सनमा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ।

फिल्ममा अभिनेता अरुण क्षेत्रीले अभिनेत्रीद्वय शुभेच्क्षा र सृष्टि श्रेष्ठसँग रोमान्स गरेका छन्। फिल्म ‘ज्याकीः आइ एम ट्वान्टी वान’बाट अभिनयमा डेब्यू गरेका अरुणको फिल्म ‘महापुरुष’ले रिलिज भएर पनि सफलताको स्वाद चाखिसकेको छ। ‘महापुरुष’ले सफलता पाए पनि आफूलाई कुनै दबाब अनुभव नभएको अरुण बताउँछन्।

‘मलाई दबाब छैन किनभने फिल्म राम्रो बन्न निर्देशक, स्क्रिप्ट र कलाकार राम्रो हुनुपर्छ। प्रेमामा दर्शकले सबै कुरा पाउँछन्। फिल्मले राम्रो गर्छ भन्नेमा म पूर्ण रुपमा विश्वस्त छु,’अरुण भन्छन्, ‘मुख्य कुरा दबाब लिने कि नलिने भन्ने हुन्छ। यो दबाब केका लागि लिने भन्ने हो। नराम्रो काम गरेको छु भने डर लाग्छ। राम्रो टिमसँग आबद्ध छु। त्यसकारण दबाब लिएको छैन।’

फिल्म गोविन्द र विवेक घिमिरेले संयुक्त रुपमा निर्माण गरेका हुन्। निर्माता घिमिरे ‘प्रेमा’को स्क्रिप्ट मन परेर आफूले लगानी गरेको बताउँछन्। ‘मैले प्रेमामा राम्रो कथा पाएँ। पहिलोपटक स्क्रिप्ट पढ्दा म त दंग परें। मैले एक घण्टामा नै स्क्रिप्ट पढें। त्यसपछि ३,४ पटक पढें’, विवेक सुनाउँछन्,‘यो स्क्रिप्टमा हरेक दृश्यमा निर्देशकको डिटेलिङ शैली छ। त्यसले मलाई तान्यो।’ उनले आफूले फिल्ममा स्क्रिप्टको ९९ प्रतिशत कुरा पाएको दाबी गरे।

बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया(काजु)को अभिनय छ। फिल्ममा सामर्थ विक्रम थापाको कार्यकारी निर्माण छ।
 

प्रकाशित: Mar 29, 2023| 19:10 बुधबार, चैत १५, २०७९
प्रतिक्रिया दिनुहोस्