बिहीबार, साउन ७, २०८३

मागियो सरकारले गरेको खर्चको हिसाबकिताब

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत-कर्णाली प्रदेशसभाको सार्वजनिक लेखा समितिले सरकारले गरेको सम्पूर्ण खर्चको हिसाब किताब मागेको छ । बुधबार बसेको समितिको चौथो बैठकले सरकारको पारदर्शितामा प्रश्न उठाउँदै खर्चको हिसाबकिताब माग गरेको हो।

समितिका अध्यक्ष सांसद दिनबन्धु श्रेष्ठले दिएको जानकारी अनुसार सरकार गठनभएदेखि आजसम्मको खर्चको सम्पूर्ण हिसाव किताब माग गरेको हो। ‘आर्थिक वर्ष ०७४/०७५ मा सरकारले कुन योजनामा, के कति खर्च गर्‍यो त्यसको सम्पूर्ण जानकारी समितिले मागेको छ,’ श्रेष्ठले भने ‘सरकारको योजनाहरुमा भएको खर्च विवरण सार्वजनिक नगरेकोले समितिले खर्चको हिसाबकिताब माग गरेको हो ।’

त्यस्तै समितिले ‘कर्णाली रारा पर्यटन वर्ष २०७५’ मा सरकारले गरेको सम्पूर्ण खर्च विवरणसमेत माग गरेको छ। रारा पर्यटन वर्षको उद्घाटन र त्यसयता भएको मन्त्रालयगत खर्चको सम्पूर्ण विवरण १५ दिनभित्र सार्वजनिक लेखा समितिलाई बुझाउन माग गरिएको श्रेष्ठले जानकारी दिए।

श्रेष्ठका अनुसार समितिले आर्थिक वर्ष २०७५/०७६ मा कुन योजनामा के-कति खर्च भएको सोको जानकारी समितिले माग गरेको छ। ‘चालु आर्थिक वर्षको चार महिनासम्म सरकारले कुन योजनामा के–कति खर्च गर्‍यो ।’ श्रेष्ठले भने ‘मन्त्रालयगत रुपमा योजनामा छुट्याइएको बजेट समेत माग गरेका छौँ ।’ 

समितिको बैठकले ‘कर्णाली प्रदेश सार्वजनिक लेखा समितिको आन्तरिक कार्यविधि २०७५’ समेत पास गरेको छ । कर्णाली प्रदेश सरकारले गरेका खर्चको कुनै पनि विवरण पेश गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।