काठमाडौं- विश्व अल्ट्रा धावक मीरा राईलाई एसियन गेम चेन्जर अवार्डबाट सम्मानित गरिएको छ । युएसएमा बुधबार आयोति कार्यक्रममा उनलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो ।
एसियन गेममा महिला खेलाडीको भुमिका र उनले देखाएको साहसका कारण उक्त एसियन गेम चेन्जर अवार्डबाट सम्मानित गिएको हो । उक्त कार्यक्रममा एसियाका विभिन्न क्षेत्रका नौ जना व्यक्तीलाई सम्मान गरिएको थियो ।
मीराले आफ्नो इनिस्ट्राग्राममा तस्बिर सार्वजनिक गर्दै उक्त अवार्ड आफ्नो जिवनको महत्वपुर्ण क्षेण भएको बताएकी छिन् । उनले नेपाललको प्रतिनिधित्व गर्दै उक्त अवार्ड प्राप्त गरिन ।
मीरा यसै साता मात्र उक्त अवार्डका लागि युएसए पुगेकी थिइन् । उनले धावक बनेर नेपाललाई विश्वमा चिनाउने साहसिक काम समेत गरेकि छिन् ।
मीराले यसअघि विश्वकै चर्चित नेसनल ज्योग्राफिकले प्रदान गर्ने ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को अवार्ड समेत जितेकी छिन् । माओवादी लडाकुको रुपमा रहेकी मीरा पछि अयोग्य घोषित भएपछि विश्व अल्ट्रा धावक बनेकि थिइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४