आइतबार, मंसिर २८, २०८२

'नांगो गाउँ' को छायांकन बेथानचोकमा

 |  मंगलबार, चैत १४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

काठमाडौं- निर्देशक दीपेन्द्र लामाको निर्देशनमा फिल्म ‘नांगो गाउँ’को छायांकन काभ्रेको बेथानचोक गाउँपालिकामा धमाधम भैरहेको छ।

National life

चैत १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्ने निर्देशक लामाले जानकारी दिए। फिल्मको छायांकनमा मुख्य कलाकारहरु दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन्।

निर्माण पक्षले उपलब्ध गराएको तस्बिरमा दयाहाङ राई र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ। यस्तै, नायक कर्मा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग रोमान्टिक देखिएका छन्। फिल्ममा बुद्धि तामाङ, पुष्कर गुरुङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ। यस्तै, फिल्मकी मुख्य नायिका मिरुना मगरको भने दृश्य छायांकन नभइसकेको निर्देशक लामाले जानकारी दिए।

मनिष्मा फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो फिल्मलाई हिमाल शर्माले लगानी गरेका हुन्। फिल्ममा आलोक शुक्लाको छायांकन छ। निर्देशक लामाले निर्देशन गरेको ‘२ नम्बरी’ यो वर्षको सुपरहिट फिल्म हो। उनले ‘घामपानी, गोपी, छ माया छपक्कै’ लगायतका फिल्म पनि निर्देशन गरिसकेका छन्।
 

प्रकाशित: Mar 28, 2023| 22:00 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्