शुक्रबार, वैशाख २६, २०८२

मन्त्रालय भागवण्डा टुंग्याउन बालुवाटारमा गठबन्धनको बैठक

 |  मंगलबार, चैत १४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १४, २०७९

vianetvianet
triton college
National life insurance

काठमाडौं- सरकार समर्थित दलहरुको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ। मन्त्रालय बाँडफाँटबारे टुंगो लगाउन बैठक बसेको हो।  

बैठकमा दस दलीय सत्तारुढ गठबन्धन दलका शीर्ष नेताहरु सहभागी छन्। अहिलेको सत्ता गठबन्धनमा नेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी, जनमत, लोकतान्त्रिक समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा छन्।

प्रधानमन्त्री दाहालले दोस्रोपटक ६ चैतमा विश्वासको मत लिए पनि अहिलेसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्। दाहालले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा बनेको गठबन्धनलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् तर गठबन्धन दलहरूबीच मन्त्रालय बाँडफाँडका विषयमा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ। प्रधानमन्त्री दाहाल एक्लैको काँधमा १६ मन्त्रालयको कार्यभार छ।
 

प्रकाशित: Mar 28, 2023| 16:50 मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...