पोखरा- जिल्ला सरकारी वकिल कार्यालय कास्कीका सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापालाई घुस लिँदै गरेको अवस्था अख्तियारको टोलीले रङ्गे हात पक्राउ गरेको छ ।
५ लाख रुपैयाँ घुस लिदै गरेको अवस्थामा थापालाई बुधबार बिहान अख्तियारको टोलीले कार्यालय हाताबाटै पक्राउ गरेको हो ।
ठगी मुद्दा पुनरावेदन नगर्ने भन्दै पाँच लाख लिँदै गरेको अवस्थामा उनलाई पक्राउ गरेको अख्तियार कार्यालय पोखराका प्रवक्ता रमेश ढकालले जानकारी दिए ।
उनलाई अख्तियारको हिरासतमा राखेर थप अनुसन्धान गरिराखिएको ढकालले बताए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४