बिहीबार, साउन ७, २०८३

बालोन डि’ओर २०१८ : १० अनौंठा तथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- बर्ष २०१८ को बालोन डि’ओरका लागि केही खेलाडीको नाम सार्वजनिक भएको छ । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी पुनः बालोन डि’ओरको शिर्षक बनोका छन् । किनकी सोमबार फ्रान्स फुटबलले ३० खेलाडीको नाम सार्वजनिक गरेको छ । 

तर, यस बर्ष दुबै खोलाडीले आफ्नो व्यक्तीगत उपाधिमा भने शिर्ष स्थान लिन सकेनन् । यस बर्ष लुका मोड्रिच देखि कैयौ राम्रो खेलाडी समेटिएका छन् । मोड्रिचले फिफा बर्षको सर्वश्रेष्ठ खेलाडी उपाधि समेत जितेका थिए । अब लागौ बालोन डि’ओर २०१८ का १० अनौंठा तथ्यतर्फ ।

बालोन डि’ओर तथ्य १

यस बर्षको बालोन डि’ओर अवार्डमा रियल मड्रिडका खेलाडीको वर्चस्वो रहेको छ । लगातार तेस्रो पटक च्याम्पियन्स लिग विजेता मड्रिड एक प्रशिद्ध स्पेनिस क्लब हो । जसले यस बर्षको बालोन डि’ओरक लागि सबै भन्दा बढि ८ खेलाडीले प्रतिनिधित्व गरि रहेको छ । यो नै एकै क्लबबाट  सर्वाधिक बालोन डि’ओरका लागि प्रतिनिधित्व गर्ने खेलाडीको संख्या हो ।

बालोन डि’ओर तथ्य २

ला लिगाबाट अन्य लिग भन्दा बढि खेलाडी बालोन डि’ओरका लागि छनोट भएका छन् । जहाँ इंग्लिस प्रिमियर लिगबाट ११ खेलाडी छनोट हुँदा लिग १ बाट तीन खेलाडी छनोट भएका छन् ।

त्यस्तै रिसी-ए बाट मात्र दुई खेलाडीका नाम घोषणा भएको छ । तर, ला लिगाबाट मात्र यस बर्षको बालोन डि’ओरका लागि १४ जना खेलाडीको नाम मनोनित भएको छ ।

बालोन डि’ओर तथ्य ३

पोर्चुगिज तथा युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले बालोन डि’ओरका लागि यस पटक सहित १४ पटक सहभागिता जनाउदै छन् । उनका प्रतिद्वन्द्वी अर्जेन्टिनी तथा बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीको नाम भने १३ पटक बालोन डि’ओरका लागि मनोनित भएको छ ।
 
बालोन डि’ओर तथ्य ४

यस बर्षका लागि गत बर्ष मनोनित नभएका धेरै जसो खेलाडीको नाम सार्वजनिक भएको छ ।  यस बर्ष गत बर्ष मनोनित नभएका १२ नयाँ खेलाडीको नाम सार्वजनिक भएको हो । यस बर्ष पनि मनोनित भएका गत बर्षका खेलाडीको औसत पछिल्लो बर्षको अवार्ड विजेता भन्दा कम छ ।

बालोन डि’ओर तथ्य ५

फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी)का युवा स्टार खेलाडी केलियन एमबाप्पे दोस्रो पटक बालोन डि’ओरका लागि मनोनित भएका छन् । यो २० बर्ष भन्दा कम उमेरका खेलाडीको लागि एक नयाँ विश्व रेकर्ड समेत हो । 

बालोन डि’ओर तथ्य ६

यस बर्षको बालोन डि’ओरका लागि जर्मनी र इटालिका कुनै पनि खेलाडीको नाम सार्वजनिक भएको छैन् । रुस विश्वकपमा जर्मनी समूह चरणबाट नै बाहिरिएको थियो भने इटाली झनै रुस विश्वकपका लागि क्वालिफाइट नै भएको थिएन ।

बालोन डि’ओर तथ्य ७

यस बर्षको बालोन डि’ओरका लागि फ्रान्सका ७ खेलाडीको नाम सार्वजनिक गरिएको छ । फ्रान्सका लागि यो संख्या लेस ब्लुजमा १९९८ मा भएको विश्वकप पछिको सबैभन्दा ठुलो संख्या हो । एक पटक  फ्रान्सका लागि जिनेदिन जिदानले उक्त अवार्डमा कास्य जितेका थिए ।

बालोन डि’ओर तथ्य ८

बालोन डि’ओरका लागि यस बर्ष ३० बर्ष भन्दा बढि उमेरका १३ खेलाडी मनोनित भएका छन् । जुन सुचिमा यो संख्या ४३ प्रतिशतले हो । ३३ बर्षीय रोनाल्डो भने अवार्डमा मनोनित हुने सबैभन्दा पाको खेलाडी बनेका छन् । 

बालोन डि’ओर तथ्य ९

यस बर्षको बालोन डि’ओरका लागि छनोट भएका ३० खेलाडी मध्य अधिकाङ्स खेलाडी अट्रयाकर छन् । जुन पछिल्लो बर्षको तुलनाको आधारमा यो बर्ष अधिक अट्रयाकर खेलाडीको संख्या हो । यस बर्ष सात मिडफिल्डर, चार डिफेन्डर र चार गोलरक्षक समेत सहभागी छन् ।

बालोन डि’ओर तथ्य १०

यस बर्षको बालोन डि’ओर अवार्डमा अधिक खेलाडी पछिल्लो रुस विश्वकपमा सहभागि खेलाडीको संख्या मध्यकाट मनोनित भएका छन् । जुन संख्या ३० खेलाडी मध्य २७ खेलाडीको संख्या हो । तर, बाँकी तीन खेलाडी रुस विश्वकपमा सहभागी नभएका रियल मड्रिडका खेलाडी रहेका छन् । उनी हुन् जान ओब्लाक, करिन बेन्जामिन र ग्यारेथ बेल रहेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।