आइतबार, चैत १५, २०८२

नेपालले ११ बलमै चीनलाई १० विकेटले हरायो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आईसीसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपाल ओफ्नो पाँचौ खेलमा चीनविरुद्ध १० विकेटले विजय भएको छ । टस जितेर पहिला फिल्डिङ रोजेको नेपालले जितका लागि  २७ रनको लक्ष्य पाएको थियो । 

नेपालका लागि ओपनर ब्याट्सम्यान द्धोय प्रदिप ऐरी र बिदोन भण्डारीले अविजित रहदै उक्त लक्ष्य भेट्टाएका हुन् । बिनोदले ८ बल खेल्दै तीन चौकार एक छक्को मद्दतमा २४ रन जोड्दै खविजित रहे भने प्रदिपले तीन बल खेल्दै चार रन जोडे । 

यसअघि चिनले १३ ओभरमा सबै विकेट गुमाउदै मात्र २६ रन मात्र बनाउन सकेको थियो । चीनका लागि होङजिङ यानले सर्वाधिक ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपाली बलिङ सामु खुलेर खेल्न नसकेका चीनका सात जना ब्याट्सम्यान सुन्य रनमा आउट भएका थिए । त्यस्तै चीनका डेङजी माले ५ र चेन जिनफेङले १ रन जोडे । 

चीनलाई सस्तैमा समेट्न नेपालका लागि ललित राजवंशी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान तीन तीन विकेट लिए । छनोटमा नेपाल ५ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । 

छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । नेपाल यसअघिनै एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरिसको छ । एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । 

एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी–२० विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।