आइतबार, मंसिर २८, २०८२

आफैंले टिकट किनेर 'छक्का पञ्जा ४' हेरे नेपाल र खनालले

 |  सोमबार, चैत १३, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत १३, २०७९

घरेलु बक्स अफिसमा राम्रो व्यापार गरिरहेको चलचित्र ‘छक्का पञ्जा ४’ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र सोही पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हेरेका छन्।

National life

पूर्व प्रधानमन्त्रीद्वयसँगै पूर्व पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालगायतले कीर्तिपुरस्थित कीर्तिपुर सिनेप्लेक्समा पुगेर चलचित्र हेरेका हुन्।

राजनीतिक विषयवस्तुलाई केन्द्रमा राखेर बुनिएको कथामा तयार भएको चलचित्र हेरेर नेताहरूले निर्माण टिमलाई बधाई दिएको निर्माता तथा कलाकार निर्मल शर्माले जानकारी दिए। 'दर्शकसँगै बसेर चलचित्र हेर्नुभयो। आफैँले टिकट समेत खरिद गर्नुभएको हो', निर्माता शर्माले भने, 'देशलाई अगाडि बढाउने नेतागणले चलचित्र र यो क्षेत्रलाई दिनुभएको समयप्रति कृतज्ञ छौँ। उनीहरूको सहयोगले नै यो उद्योगले अन्य झैँ फड्को मार्नेछ।' 

वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्रीद्वयले चलचित्र हेर्ने खबर पाएपछि निर्माता शर्मासँगै अभिनेता दीपकराज गिरी, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेत्री बेनिशा हमाल र अभिनेता तथा हास्य कलाकार केदार घिमिरे चलचित्र भवन पुगेका थिए।

समसामयिक राजनीतिको प्रवृत्तिलाई कटाक्ष गर्ने चलचित्रले घरेलु बजारमै १० करोडभन्दा बढीको ग्रस व्यापार गरिसकेको निर्माण पक्षको दावी छ। हेमराज विसीको निर्देशनमा तयार भएको ‘छक्का पञ्जा ४’ हेरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अरुलाई समेत हेर्न सिफारिस गरे।

Laxmi sunrise bank
kumari

'नेपाली राजनीति र समाजलाई कलाकात्मक ढङ्गले व्यङ्ग्यात्मकरूपमा गरिएको प्रहार र प्रस्तुति गज्जब छ। सम्पूर्ण समूहलाई बधाई', मन्त्री किरातीले भने। चलचित्रलाई केही दिन अगाडिनै पूर्वमन्त्री योगेश भट्टराई, भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले समेत हेरेर प्रतिक्रिया दिएका थिए।
 

प्रकाशित: Mar 27, 2023| 06:52 सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्