बिहीबार, साउन ७, २०८३

नेपाललाई चीनले दियो २७ रनको झिनो लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- आईसीसी विश्व टी-२० एसिया छनोट समूह ‘बी’ अन्तर्गत नेपाल र चीनबीचको खेलमा नेपाललाई जितका लागि चिनले २७ रनको झिनो लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चिनले १३ ओभरमा सबै विकेट गुमाउदै मात्र २६ रन बनाउन सक्यो ।
 
चीनका लागि होङजिङ यानले सर्वाधिक ११ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । नेपाली बलिङ सामु खुलेर खेल्न नसकेका चीनका सात जना ब्याट्सम्यान सुन्य रनमा आउट भएका थिए । त्यस्तै चीनका डेङजी माले ५ र चेन जिनफेङले १ रन जोडे । 

चीनलाई सस्तैमा समेट्न नेपालका लागि ललित राजवंशी, सन्दिप लामिछाने र बसन्त रेग्मीले समान तीन तीन विकेट लिए ।  नेपालले केही बेरमा जकाफि ब्याटिङ गर्ने छ ।

छनोटमा नेपाल ४  खेलबाट ८ अंक जोडेर शीर्ष स्थानमा छ । यता,  चीन भने ४ खेलमा चार हार बेहोर्दै तालिकाको पुछारमा रहेको छ । छनोटबाट शीर्ष तीन टोलीले एसिया छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् । 

एसिया छनोटबाट शीर्ष दुई टोलीले विश्वकपमा स्थान बनाउने छन् । एसिया छनोटमा ७ टोलीले खेल्नेछन् । अष्ट्रेलियामा हुने टी-२० विश्वकप सन् २०२० को अक्टोबर १८ देखी १५ नोभेम्बरसम्म हुनेछ । जसमा १६ टोलीले खेल्नेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।