मंगलबार, वैशाख ३०, २०८२

तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन आरजु राणाको निर्देशन

 |  शनिबार, चैत ११, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत ११, २०७९

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य आरजु राणा देउवाले पार्टी र तरूण दललाई पहिलो नम्बरको संगठन बनाउन निरन्तर क्रियाशील भएर काम गर्न तरुण दललाई निर्देशन दिएकी छन्। 

triton college

नेपाल तरूण दल जिल्ला कार्यसमिति काभ्रेले शनिबार बनेपामा आयोजना गरेको ‘बृहत् तरुण भेला’मा उनले पार्टी र संगठन बलियो बनाउन निरन्तर खट्नुपर्ने बताइन्।

अहिले राजनीतिक परिस्थिति फरक भएका कारण गठबन्धन गरेर अगाडि बढ्नुपर्ने उल्लेख गर्दै उनले पार्टीभित्र एकता बढाउन सकेमा एक नम्बरको पार्टी बनाउन सकिने उनले बताएकी हुन्।

‘अब पार्टीलाई पहिलो बनाउनका लागि हरक्षण कसरी सक्रिय बनाउन सकिन्छ भन्ने विषय तरूणहरूका लागि चुनौती हो,’ उनले भनिन्, ‘भोट हाल्ने दिनमा घण्टी, हलो र सूर्यलाई हाल्ने अनि अरू बेला कांग्रेस भनेर हिँड्नुको अर्थ छैन।’ 

अरू जिल्लामा घण्टी कांग्रेस धेरै सुनेको भए पनि काभ्रमा सूर्यमुखी कांग्रेस धेरै भएको उनको भनाइ थियो। पार्टीलाई एकताबद्ध बनाउनका लागि तरुण दलले भूमिका खेल्न आवश्यक रहेको उनले धारणा राखिन्। 

National life insurance

तरूण दल पार्टीको मेरुदण्ड भएको र जनतालाई कांग्रेसको सोचको पक्षमा उभ्याउँदै राष्ट्रप्रतिको समर्पित भाव, लोकतन्त्र तथा समाजवादप्रतिको आस्थालाई एकत्रित गर्नका लागि संगठन एकढिक्का भएर लाग्न आवश्यक रहेकामा उनले जोड दिए। 

सो क्रममा उनले कोभिडका कारण समस्यामा पुगेको अर्थतन्त्र उकास्नका लागि योजना ल्याएर सरकारलाई सहयोग गर्नसमेत उनले सुझाव दिए।

प्रकाशित: Mar 25, 2023| 20:32 शनिबार, चैत ११, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...