बिहीबार, साउन ७, २०८३

इंग्ल्यान्ड प्रशिक्षक साउथगेटको सम्झौता नविकरण 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इंग्ल्यान्ड (एजेन्सी)- जर्मन राष्ट्रिय टोलीका प्रशिक्षक ग्यारेथ साउथगेटले इंग्ल्यान्ड फुटबल एसोशियसनसँग आफ्नो सम्झौ नविकरण गरेका छन् । ४८ बर्षीय साउथगेटले इंग्ल्यान्ड फुटबल एसोशियसनसँग चार बर्षको नयाँ सम्झौता गरेका हुन् । 

२०२० सम्मको सम्झौता रहेका साउथगेट आफ्नो सम्झौता नविकरण गर्दै २०२२ सम्म लमब्याएका छन् । रुस विश्वकपमा इंग्ल्यान्डलाई २८ बर्ष पछि पहिलो पटक सेमिफाइनल सम्म पुर्याएका ग्यारेथ साउथगेटो तलब अब प्रतिबर्ष तीन मिलियन पाउण्ड हुने शर्तमा सम्झौता गरेका छन् । 

यससँगै उनी अब कतार विश्वकप २०२२ सम्म इंग्ल्यान्डको प्रशिक्षकमा रहने छन् । इंग्ल्यान्डले १२ अक्टोबरमा क्रोएसियासँग खेल्दै छ ।

सेप्टेम्बर २०१६ मा उनी सैम अलार्डिसको स्थानमा इंग्ल्यान्ड राष्ट्रिय टोलीमा अनुबन्ध भएका थिए । उक्त बर्ष साउथगेटसँग इंग्ल्यान्डले चार बर्षको सम्झौता गरेका थियो । उनले इंग्ल्यान्डलाई १९९० पछि आफ्नो सर्वश्रेष्ठ विश्वकप प्रदर्शनका लागि निर्देशित गरेका थिए । 

किनकी इंग्ल्यान्ड रुस विश्वकपको सेमिफाइनलमा क्रोएसियासँग पराजित भएको थियो । उनी युरो कप २०२० भन्दा अगाडि जान ५७ वटा इंग्ल्यान्डका खेल जितेका छन् । यसैले उनलाई क्लबमै राख्न चाहेको एफएका मुख्य कार्यकारी मार्टिन ग्लेनले बताएका छन् । 

उनलाई प्रिमियर लिगका कुनै पनि क्लबले तलब दिन नसकेको ग्लेनले दाबि गरेका छन् । साउथगेटको वर्तमान तलब प्रतिबर्ष १.८ मिलियन पाउण्ड रहेको छ । तर, उनी प्रदर्शन बोनस सहित २.५ मिलियन साउण्ड लिने गर्दछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।