बिहीबार, साउन ७, २०८३

रोनाल्डोका सात अनौठा तथ्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी- पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो दुनियाँका सबैभन्दा सर्वश्रेष्ठ खेलाडी मध्यका एक हुन् । खास गरि उनी आफ्नो रेकर्डका कारण चर्चित छन् । धेरै जसोले उनलाई हाल दुनियाँका सर्वश्रेष्ठ खेलाडीको संज्ञा समेत दिन्छन् ।

तर, आज उनका केही अनौठा तथ्यका बारेमा कुरा गर्दै छौं । जहाँ  रोनाल्डोका यि तथ्य सबैलाई थाहा छैनन् ।

१.  जर्सी नम्बर ७ लगाउन चाहन्नथे

२००२-०३ मा रोनाल्डो म्यानचेस्टर युनाइटेड अनुबन्ध भएपछि उनलाई जर्सी नम्बर सात दिइएको थियो । जुन फुबलका महानहस्ती जोनी बेरी, गेओर्गे बेस्ट, स्टेभ कोप्पेल, ब्रायन रोबसन, इरिक कान्टोना र डेभिढ बेखमले लगाएका पछि चर्चित भएको थियो । 

उनी युनाइटेडमा अनुबन्ध हुँदा कुन जर्सी नम्बर चाहियो भनि सोधेको थियो । तर, रोनालडोले २८ नम्बर जर्सीको माग गरेका थिए । त्यसै  समय उनलाई फेगुसनले सात नम्बर जर्सी दिएका थिए । 

पछि उनी रियल मड्रिडमा आएपछि उनलाई धेरै पछि मात्र जर्सी नम्बर सात दिएको थियो । जहाँ सात नम्बर जर्सी तत्कालिन क्लबका कप्तान  राउल गोन्जालेसले लगाएका थिए । पछि उनी साल्का लागि क्लब छोडे पछि रोनाल्डोले सात नम्बर जर्सी पाएका थिए ।

२. बलात्कारको केसमा गिरफ्तार

रोनाल्डोलाई बलात्कारको आरोपमा गिरफ्तार गरिएको थियो । लन्डन होटेलमा एक महिलालाई  बलात्कार गरेको आरोपमा उनलाई  गिरफ्तार गरिएको थियो । तर, उनलाई छिट्टै स्कर्टल्यान्ड यार्डले छुटाएको थियो । 

किनकी उक्त आरोपका लागि मुद्धा चलाउन प्रयाप्त सबुत थिएनन् । आरोपको एक महिना पछि मुद्धा फिर्ता लिएको थियो । जतिबेला उनी म्यानचेस्टर युनाइटेडका लागि प्रिमियर लिग खेली रहेका थिए ।

३. १५ बर्षको हुँदा फुटबल करियर लगभग सकिएको थियो 

रोनाल्डोको सात अन्जान तथ्य मध्यको एक यो पनि हो । जब उनी १५ बर्षका थिए, त्यती बेला लगभग उनको फुटबल करियर समाप्त भएको थियो । रोनाल्डो १५ बर्षको हुँदा उनको मुटुको सल्यक्रिया गरिएको थियो । 

जहाँ उनी फुटबल करियर शुरु हुनु भन्दा पहिलेनै सन्यास लिन सक्थे ।  जसले हाल पाँच पटक बेलोन डि ओर जितेका छन् । त्यतीबेला यनी पोर्चुगिज फुटबल क्लब स्पोर्टिङमा खेली रहेका थिए । 

जब उनी खेलका क्रममा दौड्न  सकिरहेका थिएनन् । तब उनकी आमले  उनको   उक्त समस्या थाहा पाएकी थिइन् र सल्यक्रिया गरिएको थियो । पछि सल्यक्रिया सफल भयो र उनी विश्वका स्टार खेलाडी समेत भए ।

४. उनी लिभरपुलका लागि प्रयाप्त थिएनन्

२००३ मा लिभरपुल रोनाल्डोलाई अनुबन्ध गर्ने तयारिमा थियो । तर, पछि उनी १२.२ मलियन पाउण्डमा म्यानचेस्टर युनाइटेड पुगे । पुर्व लिभरपुल म्यानेजर जिरार्ड होउलरले आफ्नो क्लबमा अनुबन्ध गर्न चाहेका थिए । तर, पैसा र ब्याजका कारण उनलाई लिभरपुलले अनुबन्ध गर्न सकेन र उनी म्यानचेस्टर युनाइटेडमा अनुबन्ध भए । 

५. रुन्चे बालक

प्रायजसो  रोनाल्डोलाई कहिले काँही अभिनेताको आरोप लाग्ने गर्दछ । प्रतिद्वन्द्वी प्रसंशकहरुले उनलाई  धेरै तरिकाले सताउ छन् पनि । उनलाई प्रायः जसो समर्थकले रुन्चे बालक भनेर जिस्काउछन् । 

तर आश्चर्यको किषय यो हो की उनको यो नाम भने  समर्थकले राखेका भने हैनन् । उक्त नाम पहिला उनी आमाले राखेकी थिन् । जुन रुन्चे बालक नाम समर्थकले हैन् ।

६. स्कुलबाट निस्कासन

रोनाल्डोलाई स्कुल करियरमा स्कुलबाट निकालिएको थियो । उनले आफ्ना शिक्षकलाई कुर्सीले हाने पछि उनलाई स्कुलबाट निस्कासन गरिएको थियो । उनी स्कुलमा लोक प्रिय बालक मध्यका एक थिए । 

तर,  उनको उक्त प्रतिष्ठाले उनलाई स्कुलबाट निस्कासन गर्नबाट जोगाउन सकेन । जहाँ उनको परिवारिक आर्थिक स्थितीलाई लिएर मजाक उडाइएको थियो । 

७. दानी रोनाल्डो

क्रिस्टियानो रोनाल्डो सबै थोकका स्वार्थी हुन् । उनलाई स्वार्थी खेलाडीको आरोप लागेको थियो । किनकी उनलाई एक घमन्डी र अहंकार भएको खेलाडीको रुपमा हेरिन्छन् । तर, उनको यो बिषय मैदान भित्रको हो । 

उनी  मैदान बाहिर एक महान खेलाडी मात्र हैनन् । उनी एक दानी समेत हुन् । उनी सधै एनजिओलाई बढाउन चन्दा दिन्छन् । उनले २००९ मा एक सय हजार पाउण्ड अस्पताललाई दान गरेका थिए । 

जहाँ आफ्नो आइसल्यान्ड मडेइरामा क्यान्सर सेन्टर खोल्न सकुन । यतिमात्र हैन एक पटक उनले आफ्नो गोल्डेन बुट समेत बेचेका थिए । उनले २०११ मा जितेको उक्त बुट १.५ मिलियन युरोमा बेचेका थिए । 

पछि गाजामा उक्त पैसा बालबालिकाका लागि स्कुल खोल्न दान दिएका थिए । उनी सेभ दि चिल्ड्रेन र दि मानग्रोभ केयर फोरुम इन्डोनेसियाका राजदुत समेत हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।