आइतबार, चैत १५, २०८२

रियल मड्रिड मेरो सपना हो : हाजार्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
इंग्ल्यान्ड (एजेन्सी)- चेल्सीका स्टार इडेन हाजार्डले स्पेनिस क्लब रियल मड्रिड आफ्नो सपनाको क्लब रहेको बताएका छन् । चेल्सीका मिडफिल्डर हाजार्डले रियल आफ्नो बच्चा देखिकै सपना रहेको बताएका हुन् । 

हाजार्डले रियल जाने इच्छा समेत व्यक्त गरेका छन् । ‘रियल मड्रिड विश्वकै उत्कृष्ट क्लब हो । म आज झुटो बोल्न चाहन्न । जब म बच्चा थिए, रियल मेरो सपना थियो ।’ 

हाजार्डले भने, ‘म अझै यस क्लबबारे सपना देखिरहेको हुन्छु । म यसबारे प्रत्येक दिन कुरा गर्न चाहन्न । मसँग अहिले समय छैन । तर, मेरो बिचारमा भविष्यबारे हामी चाडै कुरा गर्नेछौ ।’ 

यता, रियल मड्रिड पनि हाजार्ड भित्र्याउन चाहिरहेको छ । तर, रियल यस सिजनको विन्डोज ट्रान्सफरमा हाजार्ड भित्र्याउन असफल भएको थियो । स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई इटालियन क्लब युभेन्ट्समा बेचेपछि रियलले हाजार्डलाई ल्याउने तयारी गरेको थियो ।  

यस्तै हाजार्डले सम्झौता नवीकरणको लागि चेल्सीले चासो नदेखाएको बताएका छन् । तर, हाजार्डले सम्झौता नवीकरणको लागि चाडै कुराकानी हुने बताए । हाजार्डले भने, ‘यदि उनीहरु मसँग आउछ भने सायद म अहिले कुरा गर्न तयार छु । म कुरा गर्नेछु ।’ 

त्यस्तै हाजार्डले चेल्सी छाड्ने र नछाड्ने बिषयमा आफु दोधारमा रहेको बताए । उक्त निर्णय आफ्नो लागि सबैभन्दा कठिन हुने बताए । बेल्जियमका कप्तान समेत रहेका २७ बर्षीय हाजार्डको चेल्सीसँगको सम्झौता अझै २ बर्ष बाँकी रहेको छ । हाजार्ड सन् २०१२ मा चेल्सी आएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।