आइतबार, चैत १५, २०८२

प्रदिपको अर्धशतकमा भुटानलाई १५१ रनको लक्ष्य

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आफ्नो चौथो खेलमा भुटानलाई एक सय ५१ रनको लक्ष्य सुम्पेको छ । प्रदीप ऐरीको अर्धशतकको मद्दतले नेपालले भुटान सामु मध्यक योगफलको लक्ष्य सुम्पेको हो ।

प्रदिप ७५ रनमा नटआउट रहे । उनले ६८ बल खेल्दै चार चौका र दुई छक्काको मद्दतमा ७५ रन जोडेका थिए । नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १५० रन जोडेको थियो । 
नेपालका लागि अनिल कुमार साहले २७ रन जोड्दा दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ सेखले १३ रन जोडे ।

त्यस्तै करन केसी ११ रनका अविजित रहे । भुटानका लागि थिन्ले जम्टसो,संजिवन गुरुङ, जिग्मे सिंग्य र रमेस लिम्बुले समान एक एक विकेट लिए । केहि बेरमा भुसटानले जवाफि ब्याटिङ गर्ने छ ।
लनात्मक कमजोर टिम भुटानविरुद्ध नेपाललाई जित निकाल्न गार्हो पर्नेछैन । अघिल्ला नतिजा हेर्दा नेपालले भुटानलाई सहजै हराउने देखिएको छ । जारी प्रतियोगितामा भुटान प्रदर्शन उच्च देखिएको छैन । छनोटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा छ । नेपालले भुटानविरुद्ध अहिलेसम्म कुनैपनि खेल गुमाउनु परेको छैन । 

नेपालले भुटानविरुद्धको पाँच भेटमा चार जित निकालेको छ । एक खेल बर्षाको कारण नतिजाबिहिन बनेको छ । नेपालले पछिल्लो पटक भुटानसंग सन् २००६ मा खेलेको थियो । मलेसियामै भएको एसीसी ट्रफीपछि नेपालले १२ बर्षपछि भुटानसंग खेल्न लागेको हो । 

नेपालले उक्त खेलमा १८१ रनले जित निकालेको थियो । यस्तै नेपालले सन् २००३ को एसीसी इमार्जिङ टिम्स कपमा भुटानलाई ३५३ रनले पराजित गर्दा सन् २००४ एसीसी ट्रफीमा ९ विकेटले हराएको थियो । त्यस्तै सन् २००४ कै एसीसी ट्रफीको प्लेअफमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।