बुधबार, साउन ६, २०८३

अनमोल शुद्ध गाईको घ्यू बजारमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- अनमोल एग्रो एण्ड डेरी इन्डष्ट्रिजले आफ्नो पहिलो उत्पादन अनमोल शुद्ध गाईको घ्यू बजारमा ल्याएको छ। 

मकवानपुरको गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईले घ्यूको प्याकिङ सार्वजनिक गर्दै डेरी उध्योगले स्थानीयलाई रोजगारीको अवसर सिर्जना गर्ने बताए।

डेरी संचालक निप्पु सरार्फले  घ्यूको मुख्य बजार काठमाडौंलाई बनाएको जानकारी दिए ।

उद्योगबाट दुध, दहि, घ्यू, पनिर, आइसक्रिम तयार पारी देशको विभिन्न स्थानमा लैजाने बताए । अहिले ६० वटा गाई पालेको र आगामी दिनमा ५ सय भन्दा बढी पाल्ने योजना रहेको उनले बताए ।

 १ करोड लगानीबाट सुरु भएको डेरी  २० करोड लगानी गरी विस्तार गर्ने जानकारी दिए। पाँच विगाहामा घाँस लगाएर गाइपालन गरिरहेको उनले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्