शुक्रबार, जेठ १, २०८३

डडेल्धुरा क्याम्पसमा नेविसंघको प्यानल विजयी

डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। नेविसंघका दुर्गा भट्ट नेतृत्वको प्यानल विजयी भएको हो।
 |  सोमबार, चैत ६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, चैत ६, २०७९

डडेल्धुरा- डडेल्धुरा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल विजयी भएको छ। नेविसंघका दुर्गा भट्ट नेतृत्वको प्यानल विजयी भएको हो।

National life

नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीसहित अन्य पाँच संगठन मिलेर नेपाल विद्यार्थी संघ (बीपी) र अखिल प्यानलसहित चुनावी मैदानमा रहेका थिए। 

सभापतिमा नेविसंघका भट्ट ३१० मतसहित विजयी भए। उनका प्रतिद्वन्दी सयुक्त विद्यार्थी संगठनका मदन बहादुर बोहराले १०७ मत प्राप्त गरे। त्यस्तै अनेरास्ववियुका गणेश बहादुर क्षेत्रीले ६९ मत प्राप्त गरेका थिए।

सचिवमा नेविसंघका लोकेन्द्र बोहाराले ३०२ मत, कोषाध्यक्षमा नेविसंघकै देवकी तमौलीले ३०२ मतसहित विजयी भइन्। त्यस्तै सदस्यहरुमा नेविसंघका पूजाकुमारी बोगटी, राजेन्द्रप्रसाद पाण्डेय, महेश्वरी भण्डारी, सुरज बिक र दिपिका पन्त निर्वाचित भएका छन्।

प्रकाशित: Mar 20, 2023| 07:29 सोमबार, चैत ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...