सोमबार, चैत २, २०८२

अमेरिकामा कार दुर्घटनामा २० को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
न्युयोर्क- अमेरिकाको न्युयोर्कमा भएका एक कार दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ। सुविधा सम्पन्न लिमोजिन कार दुर्घटनामा उक्त हताहती भएको हो।

मृतकमध्ये १८ जना कारमा सवार थिए भने अन्य दुई पैदल यात्री। प्रत्यक्षदर्शीहरूका अनुसार एसयूभी शैलीको लामो लिमोजिन कार सडक डिभाइडरमा ठोक्किएको थियो। र, अर्को कारलाई पनि ठक्कर दिएको थियो। त्यसपछि एक पसल नजिक उभिइरहेका मानिसलाई ठक्कर दिएको थियो।

दुर्घटनाको कारण खुलेको छैन। न्युयोर्क टाइम्सका अनुसार मारिनेहरूमा चार बहिनीहरू र दुई नवविवाहित जोडी छन्। उक्त कारमा एक वैवाहिक समारोहमा जाँदै गरेका मानिस सवार थिए। 

प्रत्यक्षदर्शी बिल वार्टसन पनि सोही समारोहमा जाँदै थिए। ‘मलाई विश्वास लागिरहेको छैन, आफ्नै आँखा अघिल्तिर यति भयानक दुर्घटना हुन पुग्यो,’ उनले भने। दुर्घटनालगत्तै सडकमा लामो ट्राफिक जाम हुन पुगेको थियो।

घटनास्थलमा रहेका केही मानिस घाइते भएका छन्। ‘मैले ठूलो आवाज सुनें, त्यतिबेला म म क्याफेको पार्किङ क्षेत्रमा थिएँ,’ प्रत्यक्षदर्शी ब्रिडेले भने, ‘अचानक चित्कार र आफूहरूलाई बचाउन गरिएको आग्रह सुनियो।’

राष्ट्रिय यातायात सुरक्षा बोर्डका अध्यक्ष रोबोर्ट समवाल्टका अनुसार सन् २००९ यताको यो सबैभन्दा भयानक सडक दुर्घटना हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।