बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमईका ग्राहकलाई दराजबाट सामसङ ग्यालेक्सी एम४ जित्ने मौका

ग्लोबल आइएमईका ग्राहकलाई दराजबाट सामसङ ग्यालेक्सी एम४ जित्ने मौका

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

ग्लोबल आइएमई बैंक लिमिटेडले दराजबाट १ रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।

triton college

योजनाअन्तर्गत बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र १ रुपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन्। 

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना २०७९ चैत ५ देखि ११ गते (तदनुसार मार्च १९ देखि २५) सम्म ७ दिनका लागि मान्य रहनेछ।

यस योजनाको अन्त्यमा बैंकको डेबिट÷क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रुपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना भाग्यशाली विजेता छनोट गरिनेछ। छनोट भएका एक भाग्यशाली विजेताले १ रुपैयाँमै सामसङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउनेछन्। 
 

प्रकाशित: Mar 19, 2023| 17:24 आइतबार, चैत ५, २०७९
प्रतिक्रिया दिनुहोस्