राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ। आज बसेको पार्टी संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सो निर्णय गरेको हो।
सभापति रवि लामिछानेको सांसद र मन्त्री पद गुमेपछि पार्टी प्रचण्ड सरकारबाट बाहिरिएको थियो। तर विश्वासको मत भने फिर्ता लिएको थिएन। प्रतिनिधिसभामा स्वतन्त्र पार्टीका १९ जना सांसद छन्।
प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार संसद्मा विश्वासको मत माग्ने कार्यसूची छ।