बुधबार, चैत ८, २०७९

प्रधानमन्त्रीलाई विश्वासको मत दिन कांग्रेसको ह्विप

 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन ह्विप जारी गर्ने भएको छ।

National life insurance

कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले विश्वासको मत दिन ह्विप लगाउने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्।

आज नै बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको छ। प्रधानमन्त्री प्रचण्डले भोलि सोमबार विश्वासको मत माग्ने तय भएको छ।

कांग्रेसले सरकारमा मन्त्री पठाउन मापदण्ड पनि तय गरेको छ। योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर सरकारमा मन्त्री पठाउने निर्णय भएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। 

प्रकाशित: Mar 19, 2023| 12:52. 00 आइतबार, चैत ५, २०७९

थप समाचार

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्।

आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु...

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्ने भएको छ।

दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा बिहान ८ बजेदेखी स्ववियुको मतदान

कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।

जसपाले आज सरकारमा सहभागिताका बारे छलफल गर्ने

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ।