बुधबार, चैत ८, २०७९

कुन आधारमा मन्त्री छान्दैछ कांग्रेसले ?

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा मन्त्री पठाउँदा निश्चित मापदण्डका आधारमा पठाउने निर्णय गरेको छ।
 |  आइतबार, चैत ५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, चैत ५, २०७९

काठमाडौं- नेपाली कांग्रेसले सरकारमा सहभागी हुनका लागि मापदण्ड तय गरेको छ। आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले मन्त्री चयनका लागि मापदण्ड तय गरेको हो।

National life insurance

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गर्दै कांग्रेसले मन्त्री चयनका लागि चारवटा आधार तय गरेको छ। 

पार्टी प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठकले सरकारमा मन्त्री पठाउँदा निश्चित मापदण्डका आधारमा पठाउने निर्णय गरेको छ। योग्यता, योगदान, समावेशिता र प्रादेशिक सन्तुलनलाई मध्यनजर राखेर सरकारमा मन्त्री पठाउने निर्णय भएको महतले जानकारी दिए।

कांग्रेसले अर्थ र परराष्ट्रसहित ८ मन्त्रालयमा दाबी गरेको छ। यसअघि एमालेले पाएका मन्त्रालय आफ्नो दलले पाउनुपर्ने कांग्रेसको तर्क छ। सांसदहरुबीच मन्त्री बन्ने दौडधुप सुरु पनि भइसकेको छ। सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा मन्त्री माग्न जानेको बाक्लै चहलपहल देखिन्छ।

सभापति देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबाहेक सबै शीर्ष नेताहरू सरकारमा जान इच्छुक देखिएका छन्। उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङसहित अधिकांश शीर्ष नेताहरू सरकारमा जाने मनसायमा छन्।

worldlink

प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उदयशमशेर जबरा, शेखर कोइराला, शशांक कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, किशोरसिंह राठौर, बद्री पाण्डे, मोहनबहादुर बस्नेत, आरजु राणा देउवालगायत नेताहरूको नाम मन्त्रीका लागि चर्चामा छ। शीर्ष नेताहरू नै मन्त्रीको दौडमा लागेपछि पार्टी सभापति देउवालाई मिलाउन हम्मे हम्मे पर्ने देखिएको छ।

कांग्रेसले आज नै प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ। प्रधानमन्त्रीले भोलि सोमबार विश्वासको मत माग्दैछन्। साथै कांग्रेसले प्रतिनिधिसभा बैठकमा सत्ता पक्षको कुर्सीमा बस्ने निर्णय पनि गरेको छ।
 

प्रकाशित: Mar 19, 2023| 12:26. 00 आइतबार, चैत ५, २०७९

थप समाचार

 सरकारले अयोग्य लडाकुलाई पैसा दिन आजदेखि प्रक्रिया थाल्ने

सरकारले अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिनेसम्बन्धी प्रक्रिया आजदेखि अघि बढाउने भएको छ।

भैरहवा क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

भैरहवा क्याम्पसमा आज स्ववियु निर्वाचन हुने भएको छ।

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन्।

आज १० क्याम्पसमा स्ववियु निर्वाचन हुँदै

सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आंगिक क्याम्पसमा स्ववियुको नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ। केन्द्रीय क्याम्पससहितका ५ क्याम्पस बाहेक १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु...

उपनिर्वाचनका लागि आजबाट दल दर्ताको प्रक्रिया सुरु

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको दल दर्ता आजबाट सुरु गर्ने भएको छ।