शुक्रबार, मंसिर १९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ : नेता महर

कल्याणकारी राज्यव्यवस्थाका लागि शिक्षा र स्वास्थ्य नि:शुल्क हुनुपर्छ : नेता महर

नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वशुलभ  तथा नि:शुल्क हुनुपर्ने बता बताएका छन्।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कल्याणकारी राज्यव्यवस्था स्थापनाका लागि शिक्षा र स्वास्थ्य सर्वशुलभ  तथा नि:शुल्क हुनुपर्ने बता बताएका छन्।

National life

नेपाल शिक्षक संघ डडेल्धुराको नवौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै नेता महरले शिक्षा र स्वास्थ्य प्रत्येक नागरिकको नैसर्गिक अधिकार भएकाले नि:शुल्क गरिने पर्ने बताए।

'मैले लामो समयदेखि नि:शुल्क स्वास्थ्य ,शिक्षा  र गुणस्तरीय यातायात तथा सञ्चारसँगै उद्यमशीलतासहितको रोजगार- जनताको अधिकार, कांग्रेसको सरकार भन्ने ऐजेण्डा उठाउँदै आएको छु। नेपालको कुल बजेटको २० प्रतिशत भन्दा बढी शिक्षाका लागि विनियोजन गर्नसकेमात्र शिक्षालाई विश्वबजारसँग प्रतिस्पर्धी बनाउन गर्ने खालको बनाउन सकिन्छ,' उनले भने।

शिक्षकको मर्यादित पेसा र विद्यार्थीका लागि जीवन उपयोगी शिक्षाको अवधारणा कार्यान्वयन गर्न सरकारले यथाशक्य छिटो संघीय शिक्षा ऐन ल्याउनु पर्ने र शिक्षकको वर्गीय हितका लागि निजामती सरहको सेवासुविधाको व्यवस्था गर्नुपर्ने कुरामा महरले जोड दिए।

हाल देशभित्र स्वयम सेवकसहितका १९ प्रकारका शिक्षक रहेको र यसको उचित व्यवस्थापन गर्न नसक्नु दुखद भएको भन्दै महरले देशभरका करिब ३३ हजार विद्यालयमा कार्यरत ३ लाख २५ हजार बढी शिक्षकको वर्गीयहितका लागि नेपाली कांग्रेस प्रतिबद्ध रहेको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 18, 2023| 19:00 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...