मंगलबार, असार १७, २०८२

अस्मिता अधिकारीको 'मखमली'मा कुन्साङ र मिरुनाको प्रेम [भिडियोसहित]

 |  शनिबार, चैत ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

vianetvianet

अस्मिता अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘मखमली’ सार्वजनिक गरिएको छ। द्रिप चाम्लिङको शब्द रहेको गीतमा सन्तोष सुनारको सङ्गीत छ।

रचनाकार चाम्लिङले  नेपाली परिवेश र भूगोलको भावलाई उतारेको गीतमा सन्तोषको सङ्गीत र अस्मिताको स्वरले प्राण भरेको छ। भिडियोको कन्सेप्टमा केही फरक गर्ने कोसिस निर्देशक राजेश पुमा राईले गरेका छन्। हिट गीतहरु निर्देशन गरिसकेका राजेशले आकर्षक सेट लगाएर भिडियो खिचेका छन्। मिरुना मगर र कुन्साङ बोमजन गीतको भिडियोमा फिचर रहेका छन्।

भिडियोमा कुन्साङको प्रेममा परेकी मिरुनालाई प्रस्तुत गरिएको छ।  भिडियोमा राजीव समरको कोरियोग्राफी, उत्सव दाहालको छायाङ्कन र विकास दाहालको सम्पादन रहेको छ।

प्रकाशित: Mar 18, 2023| 17:27 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्