मंगलबार, चैत १४, २०७९

मोरङ जिल्ला प्रशासनले तोक्यो निषेधित क्षेत्र

प्रदेशको नाम कोसी गरिएसँगै असहमत विभिन्न जातीय, भाषिक समूह तथा पक्षले विरोधस्वरुप धर्ना, जुलुस निकालेर शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो। 
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– साविक प्रदेश १ को प्रदेशसभाको बहुमतले कोसी नामकरण गरेसँगै विरोधस्वरुप जातीय र भाषिक नाम राख्नुपर्ने अडानमा रहेका समूहको गतिविधि अराजक हुने देखिएपछि जिल्ला प्रशासन कार्यालय मोरङले निषेधित क्षेत्र तोकेको छ।

National life insurance

प्रदेशको नाम कोसी गरिएसँगै असहमत विभिन्न जातीय, भाषिक समूह तथा पक्षले विरोधस्वरुप धर्ना, जुलुस निकालेर शान्ति सुरक्षामा असर पार्न सक्ने देखिएपछि प्रशासनले निषेधित क्षेत्र तोकेको हो।

जिल्ला सुरक्षा समितिले ५ चैत बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म पूर्वमा देवकोटा चोकदेखि पश्चिममा कोसी अस्पताल चोकसम्मको क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्मको क्षेत्र, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटर सम्मको क्षेत्र, प्रदेश प्रमुखको कार्यालय तथा निवास वरिपरि ३०० मिटरसम्मको क्षेत्र र जिल्ला प्रशासन कार्यालय, मोरङ डाँफे चोकदेखि पूर्वको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ। 

निषेधित क्षेत्र तोकिएका स्थानमा सर्वसाधारण तथा सवारी साधन आउजाउबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नाजस्ता कार्य गर्न पाइने छैन। निषेधित क्षेत्र उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गरिने जिल्ला प्रशासन मोरङले स्पष्ट पारेको छ।

प्रकाशित: Mar 18, 2023| 03:21. 00 शनिबार, चैत ४, २०७९