शुक्रबार, जेठ १, २०८३

सभामुखले अभिव्यक्ति फिर्ता नलिए पत्रकार महासंघले आन्दोलन गर्ने

सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघको ठहर छ।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

सभामुख देवराज घिमिरेले पत्रकारबारे दिएका अभिव्यक्ति फिर्ता नलिए नेपाल पत्रकार महासंघले दबाबमूलक कार्यक्रम गर्ने बताएको छ। सभामुखको अभिव्यक्तिले समग्र सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघको ठहर छ।

National life

‘सार्वभौम संसदको मूल नेतृत्वबाटै आफ्नो पदीय हैसियत र मर्यादाविपरीत सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दु:खद छ', महासंघले विज्ञप्तिमा जारी गर्दै भनेको छ। सभामुखको अभिव्यक्तिप्रति तत्काल नै महासंघको नेतृत्वले सभामुखको सचिवालयमार्फत ध्यानाकर्षण गराएको र सभामुखबाटै उक्त आधारहीन अभिव्यक्ति फिर्ताका लागि आग्रह गरेको थियो। तर, सचिवालयबाट आधिकारिक धारणा आएन।

आफ्ना आरोप पुष्टि गर्न वा आधारहीन आरोप फिर्ता लिई सञ्चार क्षेत्रको संवैधानिक अधिकार र स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धता जनाउन सभामुखसमक्ष महासंघ आग्रह गरेको छ। ‘सभामुखबाट आएको आधारहीन अभिव्यक्ति तत्काल फिर्ता नभएमा महासंघ कानूनीलगायतका अन्य दबाबमूलक कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी गराइन्छ', महासंघले भनेको छ।

महासंघले शुक्रबार संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानुनका विषयमा छलफल गर्न र नवनिर्वाचित सभामुखलाई बधाई ज्ञापन गर्ने कार्यक्रम राखेको थियो। साथै सभामुख घिमिरे र नेपाल पत्रकार महासंघको प्रतिनिधि मण्डलबीच भए भेट पनि भएको थियो। सो क्रममा सभामुख घिमिरेले पत्रकारहरू बिक्रीमा रहेको भन्दै अभिव्यक्ति दिएका थिए।

प्रकाशित: Mar 18, 2023| 14:45 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...