मंगलबार, चैत १४, २०७९

कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागिता जनाउन पार्टीबाट मन्त्री छान्ने विषय वरपर रहेर बैठकमा छलफल चलाइँदै।
 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं– नेपाली कांग्रेसले आइतबार बिहान साढे १० बजे बस्ने गरी  केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

National life insurance

समसामयिक राजनीतिक विषयलाई केन्द्र मानेर छलफल गर्न बैठक आह्वान गरिएको पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका हुन्। 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट लिन लागेको विश्वासको मत, मन्त्रिपरिषद् विस्तार, पार्टीबाट मन्त्रीको छनोटलगायत विषयमाथि छलफल हुनेछ। प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएलगत्तै मन्त्रिपरिषद् विस्तार हुने बताइसकेका छन्। प्रधानमन्त्रीले आगामी सोमबार विश्वासको मत लिँदै छन्।

राष्ट्रपतिको निर्वाचनमा प्रचण्डले सात दलीय गठबन्धन तोडेर कांग्रेससँग नयाँ गठबन्धन बनाएसँगै एमाले र राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन्। सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रकाशित: Mar 18, 2023| 01:46. 00 शनिबार, चैत ४, २०७९