आइतबार, कात्तिक २, २०८२

ए डिभिजनमा आज पाँचौं चरणका अन्तिम तीन खेल हुने

 |  शनिबार, चैत ४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, चैत ४, २०७९

काठमाडौं- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज पाँचौँ चरणका तीन खेल हुने भएका छन्।

Kumaribank

दिउँसो साढे २ बजे दशरथ रंगशालामा नेपाल पुलिस क्लब र न्युरोड टिम एनआरटी भिड्दा च्यासल मैदानमा फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। चार खेलबाट ४ अंक जोडेको फ्रेण्ड्स र चार खेलबाट पाँच अंक जोडेको आर्मी आज दोस्रो जितको लक्ष्यसहित मैदान उत्रिँदैछन्।

जितविहीन हुँदै तालिकाको पुछारमा रहेको पुलिस आज पहिलो जितको खोजीमा हुँदा न्यूरोड टिमको लक्ष्य पनि पहिलो जित निकाल्नु नै हुनेछ।

आजको तेस्रो तथा अन्तिम खेलमा बेलुकी साढे ५ बजे मनाङ मर्स्याङ्दी र एपीएफ क्लब तेस्रो जितका लागि दशरथ रंगाशालामा खेल्नेछन्।

प्रकाशित: Mar 18, 2023| 09:42 शनिबार, चैत ४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।