आइतबार, चैत ८, २०८२

त्रिविको एमबीएस र एमपीए दोस्रो सत्रको परीक्षा फर्म खुल्यो

त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गृत एमबीएस र एमपीए दोश्रो सत्रको नियमित परीक्षाका लागि फर्म भर्न विद्यार्थीलाई सूचित गरेको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले व्यवस्थापन संकाय अन्तर्गृत एमबीएस र एमपीए दोश्रो सत्रको नियमित परीक्षाका लागि फर्म भर्न विद्यार्थीलाई सूचित गरेको छ।

National life

सेमेष्टर प्रणालीमा सञ्चालित मास्टर अफ बिजनेस स्टडिी र मास्टर अफ पव्लिक एडमिनिस्ट्रेसन एमपीएको कार्यक्रममा २०७६ साल (सन् २०२०) मा भर्ना भएका परीक्षार्थीहरुको दोश्रो सत्रको नियमित र सन् २०२० अघि भर्ना भई दोश्रोसत्रको नियमित परीक्षामा सामेल भई अनुत्तीर्ण वा अनुपस्थित भएका आंशिक परीक्षार्थीहरु समेतको दोश्रो सत्रको नियमित परीक्षा मिति २०७८ असोज महिनाको पहिलो सातादेखि संचालन हुने जनाएको छ ।

कार्यालयले विद्यार्थीले आफू सम्मिलित हुन चाहेको विषयहरु स्पष्ट उल्लेख गरी परीक्षा फर्म सम्बन्धित क्याम्पसमा भदौ १५ गतेभित्र र सम्बन्धित क्याम्पसहरुले उक्त परीक्षा फर्म ०७८ भदौ  १८ गतेभित्र परीक्षा नियन्त्रण महाशाखामा तोके बमोजिमको आवश्यक शुल्कसहित अनिवार्य रुपमा बुझाउन सूचित गरेको छ ।

नियमित परीक्षालाई प्रति विद्यार्थी प्रति सत्र रु. १५०० तोकिएको छ भने आंशिक विद्यार्थीका लागि परीक्षा शुल्क प्रति विद्यार्थी प्रति विषय रु. ३०० तोकिएको छ । 

परीक्षार्थीहरुको आन्तरिक मूल्याङ्कनको सूची परीक्षा फर्सँगै संलग्न गरी सो प्राप्ताङ्क परीक्षा फर्ममा समेत उल्लेख गर्नुपर्ने परीक्षा नियन्त्रण महाशाखाले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2021| 13:20 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्