आइतबार, जेठ ३, २०८३

भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य

 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ। 

National life

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै इन्डियन आयल कर्पोरेसनले नेपालका लागि २०२३ मार्च १६ तारिखबाट लागू गरेको नयाँ मूल्यसूची पठाएको हो।

नेपाल आयल निगमले खरिद गर्ने सिलिगुडी डिपोको मार्च १ तारिखको मूल्य भन्दा घटेर आएको छ। पेट्रोल प्रतिलिटर ८६ पैसा‌ र डिजलको मूल्य प्रति लिटर १ रुपैयाँ ५० पैसाले घटेर आएको छ।

आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्ने बताए पनि त्यसो गर्ने गरेको छैन।

प्रकाशित: Mar 16, 2023| 15:02 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्