बुधबार, वैशाख १२, २०८१

प्राधिकरणको विद्युत् चुहावट ७.९९ प्रतिशत

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्ष माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत बिन्दुले घटाउन सफलता पाएको हो।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ७ महिनामा वितरणतर्फको विद्युत् चुहावट ७.९९प्रतिशतमा सीमित भएको विवरण सार्वजनिक गरेको छ। 

triton college

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्ष माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत बिन्दुले घटाउन सफलता पाएको हो।

गत वर्ष माघसम्मको वितरणतर्फको विद्युत् चुहावट ९.६५ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९मा वितरणतर्फको समग्र विद्युत् चुहावट १०.८६ प्रतिशत थियो। 

यस वर्षको माघमा गत वर्षको सोही महिनाको तुलनामा वितरणतर्फको विद्युत् चुहावट ३.९८ प्रतिशत बिन्दुले घटेर ४.८९ प्रतिशतमा सीमित भएको छ। गत वर्षको माघमा यस्तो चुहावट ८.८७ प्रतिशत थियो।

प्रसारणतर्फको माघसम्मको ४.६० प्रतिशतसहित प्रणालीको समग्र विद्युत चुहावट १२.५९ प्रतिशतमा सीमित भएको छ। गत असारसम्ममा समग्र प्रणालीको विद्युत चुहावट १५.३८ प्रतिशत थियो। 

corrent noodles
Metro Mart

चालू आवको माघसम्म वितरण प्रणालीमा ५ अर्ब ७३ करोड २२ लाख युनिट विद्युत प्राप्त भएकामा ५ अर्ब २७ करोड ४१ लाख युनिट विद्युत् बिक्री भएको छ। ४ करोड ५८ लाख युनिट विद्युत् चुहावट भएको छ।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालू आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ८.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गर्मीमा तराई क्षेत्रमा केही मात्रामा चुहावट बढे पनि प्राविधिक र गैरप्राविधिक चुहावटका लागि चालिएका कदमलाई अझै प्रभावकारी बनाएर यस वर्षका लागि तोकिएको लक्ष्यभन्दा चुहावटलाई तल झार्ने गरी काम भइरहेको बताए।

नियमित विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएका अभियानबाट प्राधिकरणले गत वर्ष माघसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.६६ प्रतिशत बिन्दुले घटाउन सफलता पाएको हो।

‘ग्राहकका घरमा रािखएका मिटर रिसिलिङ गर्ने, बक्यौता नतिर्ने तथा कालोपाटीमा रहेका ग्राहकको लाइन काट्ने, छड्के मिटर रिडिङ गर्ने, हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गर्नेलगायतलाई देशैभरि अभियानकै रुपमा सञ्चालन गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने।

यस अवधिमा धेरै पुराना तथा ओभरलोड भएका कन्डक्टर तथा ट्रान्सफर्मर फेरिएका, नयाँ सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा आएका, सबस्टेसनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, थ्री फेज मिटरको प्रयोगलाई प्रोत्साहन गरिएको र समग्रमा प्रसारण तथा वितरण प्रणालीमा गरिएको ठूलो लगानीको नतिजा चुहावट नियन्त्रणमा देखिएको उनको दाबी छ। 

प्राधिकरणले गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर बाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर  लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ।

प्रत्येक प्रादेशिक तथा प्रदेश डिभिजन कार्यालय र ती मातहतका वितरण केन्द्रलाई चुहावट नियन्त्रणको लक्ष्य तोकिएको छ। लाइन सुधार तथा विस्तारका लागि पर्याप्त बजेट व्यवस्था गरिएको छ। प्राधिकरणका वितरण केन्द्रले स्थानीय प्रशासनको सहयोगमा विद्युत् चोरी गर्नेलाई दैनिक रुपमा नियन्त्रणमा लिँदै कारबाही गर्दै आएका छन्। 

मधेस प्रदेशको चुहावट ११.७८ प्रतिशतमा झर्‍यो

प्राधिकरणका सात वटा प्रादेशिक कार्यालय र दुईटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट रहेको मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरको चुहावट ११.७८ प्रतिशतमा झरेको छ।

प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट १२.३० प्रतिशत रहेकामा यस वर्ष ११.७८ प्रतिशतमा झारेको छ। सर्लाहीको मलंगवा वितरण केन्द्रको सबैभन्दा बढी ४०.९७ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष मलंगवा वितरण केन्द्रको विद्युत् चुहावट ४१.८६ प्रतिशत थियो। 

रौतहटको मौलापुर वितरण केन्द्रको विद्युत् चुहावट ३८.६४ प्रतिशत रहेको थियो। गत वर्ष त्यस केन्द्रको चुहावट १५.८६ प्रतिशत थियो। बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट ३८.३९ प्रतिशत छ। गत वर्ष त्यस केन्द्रको चुहावट ३९.३४ प्रतिशत थियो। रौतहटको गौर वितरण केन्द्रको चुहावट गत वर्ष ३०.५२ प्रतिशत रहेकामा यस वर्ष ३२.४७ प्रतिशत रहेको छ। 

कोसी प्रादेशिक कार्यालय विराटनगर मातहतका २४ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ८.१७ प्रतिशत रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चुहावट १० प्रतिशत थियो।

प्रादेशिक कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट मोरङको रंगेली वितरण केन्द्रको छ। यस केन्द्रको विद्युत् चुहावट १९.९५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष १६.०५ प्रतिशत थियो। 

बागमती प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय हेटौंडा मातहतका ६ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको ४.६३ प्रतिशत रहेको समग्र विद्युत् चुहावट यस वर्ष सोही अवधिमा ५.९९ प्रतिशत रहेको छ। डिभिजन कार्यालयअन्तर्गत सबैभन्दा बढी मकवानपुरको पालुङ वितरण केन्द्रको २४.६९ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष त्यस केन्द्रको २९.७५ प्रतिशत चुहावट थियो। 

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौं मातहतका २० वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.२५ प्रतिशत रहेको छ। अघिल्लो वर्ष ९.३० प्रतिशत थियो। प्रादेशिक कार्यालय काठमाडौं मातहत सिन्धुपाल्चोक वितरण केन्द्रको सबैभन्दा बढी २२.२६ प्रतिशत चुहावट रहेको छ। अघिल्लो वर्ष त्यस केन्द्रको २८.९१ प्रतिशत चुहावट थियो। 

गण्डकी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय पोखरा मातहतका १२ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ८.०३ प्रतिशत रहेकामा यस वर्षको सोही अवधिमा  ७.२५ प्रतिशत रहेको छ। कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट म्याग्दीको तातोपानी वितरण केन्द्रको छ। केन्द्रको चुहावट अघिल्लो वर्ष ५.१७ प्रतिशत रहेकामा यस वर्ष बढेर ३२.६७ प्रतिशत पुगेको छ। 

लुम्बिनी प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय बुटवल मातहतका ११ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट ६.९६ प्रतिशत रहेको छ। गत वर्ष १०.१४ प्रतिशत थियो। कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट पाल्पा वितरण केन्द्रको २१.३३ प्रतिशत रहेको छ। गत वर्ष केन्द्रको चुहावट १६.९५ प्रतिशत थियो । 

लुम्बिनी प्रदेशअन्तर्गत प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज मातहतका ९ वटा वितरण केन्द्रको गत वर्षको माघसम्मको समग्र विद्युत् चुहावट ७.४१ प्रतिशत रहेकामा यस वर्ष सोही अवधिको ५.०६ प्रतिशत रहेको छ। कार्यालयअन्तर्गत सबैभन्दा बढी विद्युत् चुहावट रोल्पा वितरण केन्द्रको १५.७२ प्रतिशत रहेको छ। अघिल्लो वर्ष त्यस केन्द्रको चुहावट १७.१० प्रतिशत थियो। 

कर्णाली प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ७ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १५.७४ प्रतिशत रहेको छ। गत वर्ष १५.६९ प्रतिशत थियो। कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट रुकुम (पश्चिम) वितरण केन्द्रको रहेको छ। केन्द्रको चुहावट गत वर्ष २३.९० प्रतिशत रहेकामा यस वर्ष बढेर ३६.४६ प्रतिशत पुगेको छ।

सुदूरपश्चिम प्रदेशअन्तर्गत प्रादेशिक कार्यालय अत्तरिया मातहत १२ वटा वितरण केन्द्रको माघसम्मको समग्र विद्युत् चुहावट ७.१६ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा चुहावट ७.२७ प्रतिशत थियो। कार्यालयअन्तर्गत सबैभन्दा बढी चुहावट बझाङ वितरण केन्द्रको रहेको छ। गत वर्ष २१.२० प्रतिशत रहेको केन्द्रको चुहावट यस वर्ष घटेर २०.९१ प्रतिशतमा झरेको छ।

प्रकाशित: Mar 16, 2023| 11:14 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्