शनिबार, जेठ २, २०८३

राति १२ बजेदेखि स्ववियु चुनावको प्रचारप्रसार गर्न नपाइने

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्।
 |  बिहीबार, चैत २, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २, २०७९

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी सङ्गठनले प्रचारप्रसार तीव्र पारेका छन्। ठूला आङ्गिक क्याम्पसमा विद्यार्थी सङ्गठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र दिएका हुन्।

National life

स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीबार प्रचारप्रसारको अन्तिम दिन हो। उम्मेदवारले आज राति १२ बजेसम्ममात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ। प्रचारप्रसार गर्न रङ्गरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो।

त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शङ्करदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मस क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार तीव्र छ। केही क्याम्पसमा भर्ना विवादका कारण चुनावी प्रक्रिया रोकिएको छ। काठमाडौं उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्व भाषा क्याम्पसमा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

प्रकाशित: Mar 16, 2023| 07:50 बिहीबार, चैत २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...