आइतबार, जेठ ३, २०८३

सबै विश्वविद्यालयमा पेशागत हकहित र गुणात्मक शिक्षाका मुद्दा उठाइने

माओवादी केन्द्रको पेशागत संगठन नेराकसं (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिवमा सोलुखुम्बुका लोकेन्द्र आरसी, उपमहासचिवमा प्रकाश सापकोटा र सचिवमा तुलसी दिवस महतरा मनोनित भएका छन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं– माओवादी केन्द्रको पेशागत संगठन नेराकसं (विश्वविद्यालयतर्फ) को राष्ट्रिय समितिको महासचिवमा सोलुखुम्बुका लोकेन्द्र आरसी, उपमहासचिवमा प्रकाश सापकोटा र सचिवमा तुलसी दिवस महतरा मनोनित भएका छन्। 

National life

संगठनको साउन २४ गते सम्पन्न भर्चुअल बैठकबाट उनीहरुलाई नयाँ जिम्मेवारी प्रदान गरिएको संगठनका अध्यक्ष दिपक तिवारीले जानकारी दिए।

विश्वविद्यालयभित्रका कर्मचारीहरुको पेशागत समस्या समाधान, सांगठनिक गतिशिलता, सामूहिकता र संगठन विस्तारमा जोड दिँदै सबै विश्वविद्यालयका कर्मचारीहरुको भरलाग्दो पेशागत संगठनका रुपमा यसलाई स्थापित गराउने महासचिव आरसीले बताए।  

त्यसैगरी बैठकले सबै विश्वविद्यालयमा अन्योल अवस्थामा देखिएको उपदान कोषको बारेमा बृहत् अन्तरक्रियाका साथमा विज्ञ समिति निर्माण गरी विश्वविद्यालयहरु र शिक्षा मन्त्रालयलाई ध्यानाकर्षण गराउने, नेपाल सरकारले घोषणा गरेको १० दिने पर्यटन भ्रमण बिदा र खर्च विश्वविद्यालयका कर्मचारीहरुले पनि पाउने सुनिश्चितता गर्न सम्बन्धित मन्त्रालयमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ।

त्यसैगरी उक्त बैठकले निश्चित सेवा अवधि पुगेका तर बढुवाको लागि विज्ञापन नभएर वृत्ति विकासमा अवरोध भएका कर्मचारीहरुका लागि तत्काल तहगत बढुवाको आवेदन खुलाउन  सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने र लामो समयदेखि स्थायी हुन नसकेका कर्मचारीहरुको स्थायी प्रक्रिया अघि बढाउन सम्बन्धित पक्षसँग माग राखिने निर्णय भएको उपमहासचिव प्रकाश सापकोटाले बताए।

प्रकाशित: Aug 11, 2021| 13:10 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्