सोमबार, चैत २, २०८२

हैटीमा भूकम्प, कम्तीमा १० को मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मेक्सिको सिटी- हैटीमा स्थानीय समयअनुसार शनिबार राति गएको ५.९ म्याग्निच्युडको भूकम्पका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। 

भूकम्प आएलगत्तै आपतकालीन उद्धार टोली खटाइएको एक सरकारी प्रवक्ताले जानकारी दिएका छन्। स्थानीय समयअनुसार राति ८ बजेर १० मिनट जाँदा भूकम्प गएको थियो। अमेरिकी भूगर्भ सर्वेका अनुसार पोर्ट-डी-पाइक्स शहरबाट २० किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १२ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु पाइएको छ।

भूकम्पबाट घरहरू, चर्च र एउटा अस्पतालमा क्षति पुगेको छ। भूकम्पबाट धेरै मानिस घाइते भएको बताइएको छ। भूकम्पको धक्का राजधानी पोर्ट-ओ-प्रिन्स तथा छिमेकी राष्ट्र डोमिनिकन रिपब्लिकसम्म अनुभव गरिएको थियो। 

हैटीमा यसअघि सन् २०१० मा गएको सात रेक्टर स्केलको विनासकारी भूकम्पमा परी करिब तीन लाखको मृत्यु भएको थियो। 

यसैबीच, जापानको नागानोमा आइतबार ५.१ म्याग्निच्युडको भूकम्प गएको जापानको भूकम्प मापन केन्द्रले जनाएको छ। स्थानीय समयअनुसार उक्त भूकम्प आइतबार बिहान १० बजेर १४ मिनटमा गएको थियो। भूकम्पबाट धनजनको कुनै ठूलो क्षति नभएको स्थानीय अधिकारीहरुले बताएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।