बिहीबार, साउन ७, २०८३

नेपालको लगातार तेस्रो जित, थाइल्यान्ड १४० रनले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-मलेसियामा जारी टी-२० विश्वकप छनौटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ। आइतबार भएको थाइल्यान्ड विरूद्धको खेलमा नेपालले डकवर्थ लेविस डिएल पद्दतिका आधारमा एक सय ४० रनको जित निकालेको हो । 

थाइल्यान्डले ८.५ ओभरमा ९ विकेट गुमाउदै १८ रन मात्र जोड्दा खेल बर्षले प्रभावित पारेको थियो । खेल बर्षले प्रभावित पारे पछि खेलको नतिजा डकवर्थ लेविका आधारमा निकालिएको थियो ।

नेपालका लागि लेग ब्रेक स्पिनर सन्दिप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालको जित दर्ता भएको हो । टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउदै एक सय ७२ रन बनाएको थियो।

प्रतियोगितामा सन्दीप लामिछानेले नेपालका लागि पाँच विकेट लिएका थिए । उनले तीन ओभरमा एक ओभर मेडिन राख्दै ८ रन खर्चेर पाँच विकेट लिएका हुन् ।  त्यस्तै करन केसीले १.५ ओरमा दुई रन खर्चदै तीन विकेट लिँदा ललित राजवंशीले एक विकेट लिए ।

थाइल्यान्नडका कुनै पनि ब्याट्सम्यानले नेपाली बलर सामु खुलेर खेल्न सकेनन् । नेपाली बलर सामु निरहि देखिएका थाइल्यान्ड टोलीका कुनै पनि खेलाडीले दोहो अंक छुन सकेनन् । 

यसअघि मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ यस ७२ रन जोडेको थियो ।  नेपालक लागि करन केसीले १४ बलमा २ चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ४० रन जोड्दै अविजित रहे ।

त्यस्तै शरद भेषवाकरले ३४ रन जोडे । उनले २८ बल खेल्दै दुई चौकाको मद्दतमा  ३४ रन जोडेका हुन् । दिपेन्द्र सिंह ऐरीले ३० रन जोडे । उनले २६ बल खेल्दै  तीन चौका र एक छक्का प्रहार गरे ।  ओपनर ब्याट्सम्यान अनिल साहले आक्रमक ब्याटिङ गर्दै १७ बलमा पाँच चौकाको मद्दतमा २५ रन जोडे ।

नोद भन्डारीले आठ बल खेल्दै  दुई चौका र एक छक्काको मद्दतमा १५ रन जोड्दा अन्य ब्याट्सम्यानले भने दोहोर अंक छुन सकेनन् । थाइल्यान्डका लागि पयुपुथ सुंनार्डले चार विकेट लिए । त्यस्तै भिचनाथ सिंहले दुई र जिउल होक्युले एक  विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।