शनिबार, जेठ २, २०८३

उपराष्ट्रपति निर्वाचन : प्रमिलाले गरिन् उम्मेदवारी फिर्ता

प्रमिलाले उपराष्ट्रपतिमा जसपाबाटै उम्मेदवार रहेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

National life

काठमाडौं– जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति निर्वाचनमा प्रत्यासी बनेकी प्रमिलाकुमारी यादवले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन्। 

सोमबार यादवले उपराष्ट्रपतिमा जसपाबाटै उम्मेदवार रहेका सांसद रामसहाय यादवलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएकी हुन्।

उनले विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ताको घोषणा गरेकी यादवले स्वच्छ छवि र उच्च विचारका राम सहायलाई समर्थन र सहयोग गर्न सबैसँग अपिल गरेकी छन्। उनले अब आफ्नो उम्मेदवारी प्राविधिक रुपमा मात्रै रहेकाले रामसहायलाई समर्थन गरेको स्पष्ट पारेकी छन्।

प्रकाशित: Mar 13, 2023| 13:04 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...