शनिबार, जेठ २, २०८३

झलनाथ खनाल निवास डल्लु पुगे विप्लव

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

National life

काठमाडौं- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल र नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ र नेता खड्ग बहादुर विश्वकर्मा ‘प्रकान्ड’ बीच भेटवार्ता भएको छ।

आइतबार साँझ खनाल निवास डल्लुमा उनीहरुबीच करिब दुई घण्टा छलफल भएको हो। भेटमा समयसामयिक राजनीतिक परिस्थितिको सन्दर्भमा विचार आदानप्रदान भएको बताइएको छ।

कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी अवसरवाद हावी हुँदै गरेको प्रति उनीहरुले चिन्ता व्यक्त गरेका थिए। भेटमा आगामी दिनमा बामपन्थी एकताका विषयमा पनि कुराकानी भएको खनालको स्वकिय सचिव कृष्ण भट्टराईले जनाएका छन्।

प्रकाशित: Mar 13, 2023| 11:32 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...