बुधबार, जेठ २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे परिपत्र

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई सामान्यको १८ बुँदे परिपत्र

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यसम्पादन तथा व्यवस्थापनबारे विभिन्न १८ बुँदे परिपत्र गरेको छ।
 |  सोमबार, फागुन २९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २९, २०७९

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई कार्यसम्पादन तथा व्यवस्थापनबारे विभिन्न १८ बुँदे परिपत्र गरेको छ।

National life

मन्त्रालयका सचिव कृष्णहरी पुष्करले एक सूचना जारी गर्दै स्थानीय तहको कामकारबाहीलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, जनउत्तरदायी, जबाफदेही र प्रभावकारी बनाई सुशासन कायम गर्न प्रशासकीय अधिकृतको भूमिका महत्त्वपूर्ण रहने भन्दै कार्यसम्पादन तथा व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी तथा जनउत्तरदायी बनाउन भन्दै उक्त निर्देशन दिएका छन्।

‘प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सार्वजनिक सेवा प्रवाह, आर्थिक–प्रशासनिक अनुशासन तथा उपलब्ध स्रोत साधनको कुशल व्यवस्थापनसँग जोडिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

संवैधानिक तथा कानुनी व्यवस्था एवं सङ्घीयताको मर्मलाईसमेत आत्मसाथ गर्दै प्रमुख प्रकाशकीय अधिकृतले कार्यसम्पादनको गुणस्तर कायम गरी स्थानीय तहको छविलाई उँचो बनाउन विशेष योगदान गर्ने अवसरको भरपुर उपयोग गर्नेमा मन्त्रालयले विश्वास व्यक्त गरेको छ। करिब एक महिनाको कार्य अनुभव पछि स–साना विषयमा देखिएका द्विविधा र समस्या समाधानका लागि उक्त परिपत्र गरी स्थानीयको काम कारबाहीलाई सहज बनाउन खोजिएको विज्ञप्तिमा उल्लेख छ।

परिपत्रमा स्थानीय तहमा कायम बेरुजु फर्छ्यौट गर्ने गराउनेदेखि कामकारबाहीमा कुनै द्विविधा भए सङ्घ तथा सम्बन्धित प्रदेशसँग समन्वय गर्न उल्लेख छ।

Shivam cement

11678682878.JPG

21678682878.JPG

31678682879.JPG

प्रकाशित: Mar 13, 2023| 10:27 सोमबार, फागुन २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...