आइतबार, जेठ ३, २०८३

मुन्द्रेको कमेडी क्लबको प्रायोजक सिटी एक्सप्रेस  

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

National life

मुन्द्रेको कमेडी क्लबको मुख्य प्रायोजक सिटी एक्सप्रेस मनी ट्रान्सफर रहेको छ। २ चैतदेखि सिटी एक्सप्रेस मुन्द्रेको कमेडी क्लबको नामबाट कान्तिपुर टेलिभिजनमा कार्यक्रम प्रसारण हुनेछ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरको कार्यालयमा मुन्द्रेको कमेडी क्लबका निर्माता की इन्टरटेन्मेन्ट र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच मुख्य प्रायोजकमा सिटी एक्सप्रेस मनी ट्रान्सफर रहने सम्झौतामा हस्ताक्षर भएको छ।

 कार्यक्रमको मुख्य पात्रका रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका प्रियंका कार्की रहेका छन्। कलाकारहरू दमन रुपाखेती, राजेन्द्र नेपाली ‘लट्टे’, प्रभात लामा, दिनेश काफ्ले, श्याम राना, एलिना बास्कोटाका साथै अन्य कलाकारहरूको पनि विभिन्न भागमा उपस्थिति रहनेछ। कार्यक्रमको निर्देशन दिनेश डिसीले गर्ने भएका छन्। 
 

प्रकाशित: Mar 12, 2023| 20:00 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्