काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले साहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गतका पहिलो चरणका बाँकी खेल दशैं अगावै सक्ने निर्णय लिएको हो । एन्फाका अनुसार दशैं अगाडी पहिलो चरणका ५ खेल सकिने छन् । अब लिग अन्तर्गतका ५ खेल बुधबारदेखि खेलाइने छन् ।
त्यसपछि भने लिग ५ साताको दशैं-तिहारका लागि पुनः स्थगित हुने छ । बाँकी स्थगित खेलहरुबारे एन्फा र क्लब बसेर छिट्टै उपयुक्त मिति निकाल्ने एन्फाले जानकारी दिएको छ ।
नेपाली राष्ट्रिय टोली बंगबन्दु खेल्न बंगलादेश पुगेपछि एनफाले अनिश्चितकालका लागि शहिद स्मारक ‘ए’ डिभिजन लिग स्तगित गरेको थियो । तर, बंगबन्दु गोल्ड कपमा नेपाल समूह चरणबाटै जित बिहिन हुदै भर फर्किने भएपछि एनफाले पुन : लिग सुचारु गर्ने भएको हो ।
नेरालि राष्ट्रिय टोली बंगबन्दुमा आफ्नो पहिलो खे ताजिकिस्तानसँग २-० ले पराजित भएको थियो भने दोस्रो खेलमा प्यालेस्टाइनसँग १-० ले पराजित भएको थियो । पराजितसँगै नेपाली टोली २२ गते नेपाल आईपुग्ने छ ।
‘ए’ डिभिजन लिगअन्तर्गत सुरुआती दुई खेल भने असोज १३ र १४ गते नै सम्पन्न भैसकेका छन् । उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटि) बिचको खेल २-२ को बराबरीमा सकिएको थियो । त्यस्तै अर्को खेल संकटाले सरस्वति क्लबलाई १-० ले हराएको थियो ।
पहिलो चरणका बाँकी ५ खेलहरु :
ब्रिगेड ब्वाइज क्लबविरुद्ध मनाङ मर्स्याङदी क्लब
मछिन्द्र क्लबविरुद्ध च्यासल युथ क्लब
फ्रेन्ड्स क्लबविरुद्ध थ्री स्टार क्लब
जावलाखेल युवा क्लबविरुद्ध नेपाल पुलिस क्लब
हिमालयन शेर्पा क्लबविरुद्ध नेपाल एपीएफ क्लब
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४