शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेले शान्ति सम्झौता भंग हुने अवस्थामा पुर्‍याएको देव गुरुङको आरोप

एमालेले शान्ति सम्झौता भंग हुने अवस्थामा पुर्‍याएको देव गुरुङको आरोप

एमाले नेतृत्वले प्रतिनिधिसभामा विधेयक पुगे पनि शान्ति प्रक्रिया टुंग्याउन नचाहेकाले शान्ति सम्झौता भंग भए त्यसको सबै जिम्मेवारी उसैले लिनुपर्ने गुरुङको तर्क।
 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

काठमाडौं– शान्ति प्रक्रियालाई संवैधानिक अंग बनाइसकेपछि सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै सबै विषय छिनोफानो हुनुपर्ने सत्तारुढ नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दाबी गरेका छन्।

National life

आइतबार माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले नियमित अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध मुद्दा पुगेपछि बृहत् शान्ति सम्झौता भंग हुने चिन्ता बढेको बताएका हुन्।

एमाले नेतृत्वले संसद्मा विधेयक पुगे पनि शान्ति प्रक्रिया टुंग्याउन नचाहेको गुरुङले आरोप लगाए। शान्ति सम्झौता भंग भए त्यसको सबै दोषी एमाले हुने उनले जिकिर गरे।

‘संक्रमणकालीन न्यायसँग जोडिएका मुद्दाबारे जसरी छलफल चलिरहेको छ। शान्ति प्रक्रियाभन्दा फरक र संवैधानिक मान्यताभन्दा फरक ढंगले जान खोजिएको छ। शान्ति प्रक्रियामा भएको सम्झौताअनुसार नै समस्याको समाधान हुनुपर्छ। यस विषयमा ध्यानाकर्षण गराउन माओवादी घटक एक ठाउँ उभिएका हौं,’ उनले भने।

प्रकाशित: Mar 12, 2023| 15:08 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...