बिहीबार, साउन ७, २०८३

टी-२० विश्वकप छनोट : नेपाल थाइल्यान्डको सामना गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मलेसियामा जारी टी-२० विश्वकप छनोटमा नेपालले आज (आइतबार) आफ्नो तेस्रो खेल कमजोर टोली थाइल्यान्डसँग खेल्दै छ । खेल मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो १२:१५ बजे सुरु हुने ।

छनोटमा अहिले सम्म अपराजित रहेको नेपाल थाइल्यान्डलाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्ने दाउँमा हुने छ भने यता थाइल्यान्ड जितको खोजिमा हुनेछ । 

थाइल्यान्ड र नेपाल १९९८ मा एसीसी ट्रफी खेल्न आमने सामने भएका थिए । तर उक्त खेल बर्षाको कारण रद्ध भएको थियो । त्यस यता यी दुई टोली पहिलो पटक भिड्न आमने सामने हुदै छन् ।

पहिलो खेलमा म्यानमारलाई ८ विकेटले पाखा लगाएको नेपालले दोस्रो खेलमा आयोजक मलेसियालाई पनि ८ विकेटले नै पराजित गर्दै छनोट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।