आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ९ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ अहिलेको विदेशी मुद्रा सञ्चितिले

९ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्छ अहिलेको विदेशी मुद्रा सञ्चितिले

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

माघमा मुलुकको विदेशी मुद्रा सञ्चिति सामान्य बढेको छ। चालू आर्थिक वर्षको माघसम्मको तथ्यांकअनुसार कायम सञ्चितिले ९.४ महिनाको वस्तु तथा सेवा खरिद गर्न पुग्छ।

National life

पुस मसान्तसम्म ९.१ महिनाको वस्तु तथा सेवा आयात गर्न पुग्ने विदेशी मुद्रा सञ्चिति थियो। राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति सात महिनामा १३.८ प्रतिशतले बढेर माघ मसान्तमा १३ खर्ब ८३ अर्ब पुगेको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति १० अर्ब ५० करोड छ। असार मसान्तमा ९ अर्ब ५४ करोड रहेको थियो। यसैगरी माघमा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको छ। राष्ट्र बैंकका अनुसार पोहोरको माघमा २४७ अर्ब ३ करोडले घाटामा रहेको शोधनान्तर स्थिति १३३ अर्ब २१ करोड रुपैयाँले बचतमा पुगेको हो।

पुसको तुलनामा शोधनान्तर बचत ३६ अर्ब ११ करोड रुपैयाँले वृद्धि भएको हो। पुसमा ९७ अर्ब १० करोड रुपैयाँ बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ७ करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब १ करोडले बचतमा छ।

सरकारको चालु खाता घाटा भने सामान्य वृद्धि आएको छ। चालु वर्षको सात महिनामा चालु खाता २९ अर्ब ६४ करोडले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ४ खर्ब ११ अर्ब ३४ करोडले घाटामा थियो। पुसमा घाटा २९ अर्ब ४७ करोड थियो।

प्रकाशित: Mar 12, 2023| 13:26 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्