आइतबार, जेठ ३, २०८३

बढ्यो महँगी, सबैभन्दा बढी काठमाडौं उपत्यकामा

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

National life

गत माघमा महँगी बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू वर्षको माघ मसान्तसम्मको तथ्यांकअनुसार वार्षिक उपभोक्ता मुद्रास्फीति दर ७.८८ प्रतिशत पुगेको छ।

पुस मसान्तसम्म यो दर ७.२६ प्रतिशत थियो। गत वर्ष माघमा भने मुद्रास्फीति दर ६.२४ प्रतिशत थियो। राष्ट्र बैंकको तथ्यांकअनुसार माघमा खाद्य तथा पेय पदार्थ समूह मुद्रास्फीति ६.१९ प्रतिशत छ। गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.२२ प्रतिशत रहेको छ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ८.४७ प्रतिशत, तराईमा ७.८२ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फीति रहेको छ।

प्रकाशित: Mar 12, 2023| 13:06 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्