शनिबार, जेठ २, २०८३

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार

 |  आइतबार, फागुन २८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २८, २०७९

National life

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार शपथ लिने भएका छन्। राष्ट्रपति कार्यालयले शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोह आयोजना गर्ने भएको छ। 

राष्ट्रपतिले प्रधानन्यायाधीशबाट शपथ लिने व्यवस्था छ। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ खुवाउनेछन्।

पौडेल फागुन २५ मा राष्ट्रपति निर्वाचित भएका हुन्। वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज सकिँदैछ। दोस्रो कार्यकाल पूरा गरेर उनी आजै शीतल निवासबाट बाहिरिने तयारीमा छिन्।
 

प्रकाशित: Mar 12, 2023| 12:27 आइतबार, फागुन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...