आइतबार, चैत १५, २०८२

कार्डिफमाथि टोटनह्याम विजयी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
वेम्वली (एजेन्सी)- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनह्याम हस्टपर विजयी भएको छ । प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा टोटेनह्यामले कार्डिफ सिटीमाथि १-० ले विजय भएको हो ।
वेम्वली स्टेडियममा शनिबार राति भएको खेलमा टोटेनह्यामलाई जित दिलाउन खेलको एक मात्र निर्णायक गोल इरिक डाएरले गरेका थिए । उनले उक्त गोल खेलको आठौं मिनेटमा नै गरेका थिए । खेल अवधिभर थप गोल नहुदा अन्तत त्यही गोल नै टोटेनह्यामको जितमा पर्याप्त बन्यो ।

खेलको ५८औं मिनेटमा भ्रमणकारी टोली सिटी १० खेलाडीमा समेटिएपनि टोटेनह्यामले त्यसको थप फाइदा उठाउन सकेन । लुकास मौरामाथि अनावश्यक ट्याकल गरेपछि रेफ्रीले सिटीका राल्सलाई सोझै रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए । तर, १० खेलाडीमा समेटिएपनि कार्डिफले उच्च प्रदर्शन गरेको थियो ।

जितपछि टोटेनह्याम लिगको तेस्रो स्थानमा उक्लिएको छ । एक खेल बढी खेलेको टोटेनह्यामको ८ खेलबाट १८ अंक पुगेको छ । उसले चेल्सीलाई १ अंकले पछि पारेको हो । लिगको शीर्ष स्थानमा म्यानचेस्टर सिटी र दोस्रो स्थानमा लिभरपुल रहेको छ । 

दुवै टोलीको समान १९ अंक भएपनि सिटी गोल अन्तरमा शीर्ष स्थानमा रहेको हो । टोटेनह्यामसँग पराजित कार्डिफ २ अंक जोडेर लिगको पुछारमा यथावत छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।