बिहीबार, साउन ७, २०८३

न्युक्यासलमाथि युनाइटेडको रोमाञ्चक जित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
ओल्ड ट्राफोर्ड (एजेन्सी)- गत राति भएको इंग्लिस प्रिमियर लिगमा न्युक्यासल युनाइटेडलाई पराजित गर्दै म्यानचेस्टर युनाईटेडले रोमाञ्चक जित निकालेको छ । दुई गोलले पछि परेको स्थितिलाई उल्ट्याएर युनाइटेडले न्युक्यासलमाथि रोमाञ्चक जित निकालेको हो । 

यस जितसँगै पराजित भएको खण्डमा बर्खास्त हुने भनिएका जोसे मोउरिन्होको जागिर पनि केहि हदसम्म लम्बिएको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले ३-२ गोल अन्तरले रोमाञ्चक जित निकालेको हो । युनाइटेडको जितमा हुवान माटा, एन्टोनी मार्सियल र एलेक्सिस साञ्चेजले गोल गरे । न्युक्यासलबाट केनेडी र योसीनोरी मुटोले गोल गरे । 

युनाइटेड शुरुवाती १० मिनेटमा नै २-० ले पछि परेको थियो । सातौ मिनेटमा केनेडी र १०औं मिनेटमा योसीनोरीले गोल गरेपछि युनाइटेड शुरुवातमै २-० ले पछि परेको थियो । त्यसपछि युनाइटेडले उच्च प्रदर्शन गरेपनि गोल गर्नको लागि ७०औं मिनेट कुुर्नु परेको थियो । 

७०औं मिनेटमा हुवान माटाले गोल गर्दै युनाइटेडलाई खेलमा फर्कने संकेत दिए । त्यसको ७ मिनेटपछि एन्टोनी मार्सियलले गोल गरेपछि युनाइटेडले खेललाई २-२ गोलको बराबरीमा ल्याएका थिए । पल पोग्वाको ब्याक हिल पासमा मार्सियलले सहजै गोल गरेका थिए । 

९०औं मिनेटमा वैकल्पिक खेलाडी एलेक्सिस साञ्चेजले गोल गर्दै युनाइटेडलाई ३-२ को रोमाञ्चक जित दिलाए । न्युक्यासलमाथिको जितसँगै युनाइटेड ८ खेलबाट १३ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित न्यु क्यास्टल समान ८ खेलबाट दुई अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।