बुधबार, साउन ६, २०८३

ला लिगा : रियल लगातार जित बिहिन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
मड्रिड (एजेन्सी)- स्पेनिस फुटबल क्लब रियल मड्रिड पछिल्ला चार खेलमा लगातार जित बिहिन भएको छ । ला लिगा अन्तर्गत शनिबार राती अलाभेससँग १-० ले पराजित हुदै रियल पछिल्ला चार खेलमा जित बिहिन भएको हो । यससँगै जित बिहिन रियल पछिल्लो ३३ वर्षको आफ्नो कीर्तिमान पनि तोडिएको छ । 

निकैनै प्रतिस्पर्धात्मक बनेको खेलमा अलाभेसलले इन्ज्युरी समयको पाँचौ मिनेटमा गोल गर्दै जित पक्का गरेको थियो । अलाभेसका लागि इन्ज्युरी समयमा मानु गार्सियाले कर्नरबाट आएको प्रहार क्रसबारमा लागेर फर्किएपछि आएको बललाई हेडर मार्फत सुन्दर गोल गरेका थिए । 

यस जितसँगै अंक तालिकामा रियल खस्ने क्रम जारी छ भने अलाभेस दोस्रो स्थानमा आइपुगेको छ । खेलको अधिकांश समय अलाभेसले रियलमाथि दबाब नै राखेको थियो ।

पछिल्लो खेलमा सीएसकेए मस्कोसँग १-० ले पराजित भएको रियल त्यसअघि सेभिल्लासँग ३-० ले पराजित भएको थियो । त्यसअघि म्याड्रिड डर्बीमा पनि रियलले गोल गर्न सकेको थिएन । यद्यपी बार्सिलोना, सेभिल्ला र एटलेटिको म्याड्रिडले अझै एक खेल खेल्न बाँकी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।