आइतबार, जेठ ३, २०८३

मेट्रो मार्केटको एक वर्ष पूरा, २५ चैतसम्म भारी छुट

 |  शनिबार, फागुन २७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २७, २०७९

काठमाडौं- काठमाडौंको काँडाघारीबाट सेवा सुरु गरेको मेट्रो मार्केट स्थापनाको एक वर्ष पूरा भएको छ। एक वर्ष पूरा भएको अवसरमा मेट्रो मार्केटले ग्राहकका लागि भारी छुट अफर ल्याएको छ।

National life

एक वर्षदेखि बजारमा ठूला मार्केटहरूलाई आफ्नो सकारात्मक प्रतिस्पर्धीका रुपमा लिँदै शाखा विस्तारसमेत गरिरहेको मेट्रो मार्केटले स्थापनाको एक वर्षको अवसरमा विभिन्न सामानमा भारी छुट अफर ल्याएको हो।

काँडाघरीबाट सेवा सुरु गरेको मेट्रो मार्केटले सानेपा र जोरपाटीमा पनि आफ्नो शाखा विस्तार गरिसकेको छ। निकट दिनमै कपनको फैका र बानेश्वरको शान्तिनगरबाट पनि मार्केटले सेवा विस्तार गर्ने रणनीति लिएको छ।

मेट्रो मार्केट परिवारले पाँच वर्षभित्र काठमाडौंका ५० स्थानमा शाखा विस्तार गर्ने लक्ष्य रहेको जनाएको छ। यसका साथै काठमाडौं बाहिर वा अन्य ठूला शहरहरू हेटौंडा, पोखरा, चितवन, भैरहवा, जनकपुरलगायत स्थानमा पनि शाखा विस्तार गर्ने बताइएको छ।

मेट्रो मार्केटले खाद्यान्य, लत्ताकपडा, भाडाँकुडा, श्रृंगारका सामाग्री जस्ता थुप्रै घरेलु सामाग्री एउटै छाना मुनी उपलब्ध गराउँदै आएको छ। 


 

प्रकाशित: Mar 11, 2023| 10:39 शनिबार, फागुन २७, २०७९
प्रतिक्रिया दिनुहोस्